नेपाल टेलिकमलद्वारा मुस्ताङमा माईक्रो वेभ लिङ्क मार्फत सेवा विस्तार

थम्मन थापा, बागलुङ २०७४ मंसिर ४ । नेपाल टेलिकमले उपल्लो मुस्ताङमा भि स्याट प्रविधि हटाएर माईक्रो वेभ लिङ्क मार्फत आफनो सेवा विस्तार गरेको छ । समुन्द्र सतह देखि ३ हजार ८ सय मिटर उचाईमा रहेको अवस्थित लोमाङथाङमा बिटिएस टावर स्थापना गरि सेवा सञ्चालनमा ल्याएको हो ।

मुक्तिक्षेत्र गाउपालिकाको घिउला डाँडामा रिपिटर टावर राखेर माईक्रो वेभ लिङ्क मार्फत टावर सञ्चालनमा ल्याईएको नेपाल टेलिकम धौलागिरी प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । शर्माले भनें उच्च हिमाली भ”भाग र दुर्गम क्षेत्रमा काम गर्न र प्रविधि पुराउन निकै जोखिम र कठिन थियो यद्यपी हामी जनतालाई सञ्चारको पहुँचमा जोडदै गुणस्तरीय सेवा प्रदान गर्ने नेपाल टेलिकमको योजना अनुरुप सेवा विस्तार गरिएको छ ।

टावरको विस्तार भए सॅगै लोमान्थाङ गाउपालिकाको सबै वडाहरु, दोलामे गाउपालिकाको केही वडाहरु सॅगै छोसेर, कोरला नाका सम्म सेवा पुगेको छ । मोवाईल सेवा विस्तार सॅगै त्यहाँ पुग्ने पर्यटकलाई समेत भ्वाईस र तीव्र गतिको डाटा चलाउन सहज हुने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्येले जानकारी दिईन ।
लोमान्थाङ मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम देखि १ सय किलोमिटर दुरीमा पर्दछ ।

त्यस्तै नेपाल टेलिकमले म्याग्दी जिल्लाको दुर्गम ठाउ मालिका गाउपालिका ३ डाडाँगाउ किटेनीमा पहिलो पटक जिएसएम मोवाईल सेवा विस्तार गरेको छ । सदरमुकाम बेनी देखि ४६ किलोमिटरको दुरीमा रहेको ओखरबोटमा टावर विस्तार भएपछि रुम बिम बिलबाङ खबाङका करिब ७ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *