Menu

पैदेलीहरुको न्वागी मेलामा झण्डै एक करोड कारोवार

कौरव खत्री बागलुङ २०७४ मंसिर ४ । गुल्मी र बागलुङ अन्तर्गत पौदीबासीहरुले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा आर्थिक कारोवार राम्रो भएको छ ।

दुई जिल्लाको संगम स्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको ५ दिने मेला अवधिभरमा भण्डै १ सय ५० ओटा स्टलहरुमा सञ्चालन गरिएका व्यापार व्यवसाय मार्फत व्यापारीहरुले मेलामा विभिन्न सरसामान अन्र्तगत सिजनका न्यानो कपडा,फलफुल अन्तर्गत सुन्तला,स्याउ,कृषि उपज र बढि मात्रमा होटल व्यवसाय तथा रमालो मेला समेतबाट मेला अवधिभर भण्डै १ करोडको आर्थिक कारोवार भएको पौदी न्वागी मेला समिति गुल्मी बागलुङका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।

पछिल्ला बर्षहरुमा न्वागी मेलामा कारोवार राम्रो हुनेभएपछि मेलालाई मध्यनजर गदै विभिन्न जिल्लाबाट व्यापारीहरु आ–आफ्नो व्यापार लिएर न्वागी मेलामा आउने गर्दछन् । लामो समयसम्म मेला सञ्चालन हुनाले न्वागी मेला एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गएको पाइन्छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *