बजेट पार्ने नेपाली काँग्रेस ठेक्का लिने एमाले भएकाले ढीला सुस्ती भएको हो – चन्द्र भण्डारी

शँकर भुसाल, गुल्मी २०७४ मँसिर ३ । नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नँ १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले नेपाली काँग्रेसले हायो भने गुल्मेली जनताहरु बिस्थापित हुने अवस्था आउने बताएका छन् । नेपाली काँग्रेसको आईतबार रेसुङ्गा नगरपालीका वडा नँ ९ को चुनाबी प्रचार प्रसार अभियानका क्रममा बोल्दै उनले यस्तो बताएका हन् ।

बजेट पार्ने नेपाली काँग्रेसले र ठेक्का लिने एमालेले गर्दा उसले हामीले पारेका आयोजनामा काम गर्ने क्रममा ढिलासुस्ती गर्ने र काँग्रेसले बिकासका आश्वासन दिएर काम नगरेको भनि हल्ला फैलाउने गरेको पनि उनले बताए । आजको चुनावी प्रचार प्रसारका क्रममा उल्लेख्य मात्रामा महिला उपस्थीत भएको प्रसँग निकाल्दै उनले अब आफुहरु चुनाब जित्नेमा ढुक्क बनेको बताए । हरेक बिकासका काम काँग्रेसले गरेको भएपनि एमालेले हामीले हो भन्नु निकै लज्जास्पद कुरा भएको पनि भण्डारीले बताए । यहि प्रचार प्रसार कै क्रममा पहिला यति बिकास र जनताको भरिया बनेको नेता भैदिएको भए बेलायतमा प्रधानमन्त्री बन्थे भन्ने कुरालाई गलत अर्थ लगाएर खिल्ली उडाउने एमालेले बिकास लागी लिएका बजेट पनि बेचेको उनले आरोप लगाए ।
रेसुङ्गा जानका लागी नेपाली काँग्रसले लगाएको १८ करोडको बाटो रेनपा प्रमुख डिल्लीराज भुसालले ठेक्का लिएका बिषयमा बोल्दै भण्डारीले त्यो पनि बेचेको आरोप लगाए । कुनै दिन नगर प्रमुख डिल्लीराज भुसालले तम्घास नै बेच्न सक्ने उनले आशंका व्यक्त गरे ।

सोहि साभामा बोल्दै गुल्मी जिल्ला क्षेत्र नँ १ का प्रदेश ख का प्रदेश सभाका उम्मेदवार धर्मेन्द्र कार्कीले नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने बताए । गुल्मी जिल्लाको बिकासका लागी आफु जस्ता जनताका भरीया नेता कसैले खोजेर नपाउने पनि उनको दावी थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *