Menu

मल्ममा बाम गठबन्धनको चुनावी जनभेटघाट तथा घरदैलो कार्यक्रम

थम्मन थापा सन्देश, गल्कोट २०७४ मंसिर ३ । मंसिर १० गते हुने निर्वाचनलाई लक्षित गर्दै बाम गठबन्धनले गलकोट नगरपालिका वडा नं ७ मल्ममा चुनावी जनभेटघाट तथा घरदैलो कार्यक्रम आजदेखि सुरु गरेको छ ।

गठबन्धनले बामपन्थी साझा उम्मेदवार प्रतिनिधिसभा उम्मेदवार देबेन्द्र पौडेल र प्रदेशसभा उम्मेदवार चन्द्र बुढा सागरलाई विजयी गराउने उद्येश्यले अभियानलाई तिव्र पार्ने बाम गठबन्धन सचिवालय संयोजक छुम बहादुर थापाले बताए।

घरदैलो तथा जनभेटघाटमा बामपन्थी शक्तिले मात्रै यो देशको समृद्वि र विकासमा लाग्ने शक्ति भएको र जित सुनिश्चित भएकोले आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, नेकपा एमालेका अध्यक्ष हुम बहादुर बस्नेत, राष्ट्रिय जनमोर्चाका सदस्य झम बहादुर थापा, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य केशर बहादुर थापा, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष ललित मरासिनी लगायतको उपस्थिती रहेको थियो । अभियानको पहिलो दिन आज झिर्का, टोकरी, भल्साङ र फलाटेमा जनभेटघाट सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *