प्रकाश दाहालको निधनले पार्टी पंक्तीमा अपुरणीय क्षति पुगेको छ : पौडेल

बबिता शर्मा, बागलुङ २०७४ मंसिर ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको निधन प्रति संयुक्त वामगठबन्धन क्षेत्र नम्बर २ ले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले दाहालको निधनले पार्टी पंक्तीमा अपुरणीय क्षति पुगेको बताए ।
पौडेलले स्व प्रकाश दाहाल पार्टी अध्यक्षको पुत्र मात्र नभएर जनयुद्धको एक कुसल सिपाहीको भुमिका निर्वाह गरि पार्टी पङ्ती लाई यहाँ सम्म ल्याइपुराउने काममा उहाँको पनि मुख्य भुमिका रहेको बताए । दाहालको निधन प्रति दुख व्यक्त गर्दै पौडेलले पार्टी अध्यक्ष सहित समग्र परिवारजनमा समवेदना प्रकट गर्दै यो शोकलाइ शक्तिमा बदल्न आवश्यक रहेको बताए । पौडेलले पोलिटब्युरो सदस्य समेत रहेका दाहालको निधनले सिङ्गो पार्टी र आफुलाइ दुखी बनाएको बताए ।

कार्यक्रममामाओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेशसभाका बाम उमेदवार चन्द्रबहादुर बुढा सागर, पुर्व सांसद केशरी घर्ति, नेकपा एमालेका बुलबहादुर केसी, माओवादी केन्द्रका फमलाल न्युरे, अनिल गैरे, नर बहादुर खत्री, हर्क पाण्डे राष्ट्रिय जनमोर्चाका टंक केसी लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
सभामा स्व दाहालको तस्वीरमा पुष्प गुच्छा अर्पण गरि श्रद्धान्जली दिएका थिए । दाहालको निधन प्रती दुख व्यक्त गर्दै वामगठबन्धनले आज चुनावी प्रचारका औपचारिक कार्यक्रम स्थगित गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *