Menu

यस पटकको बिश्व चर्फी दिवस बरेङमा मनाइयो

प्रदिप पन्त बागलुङ २०७४ मंसिर ३ । बिश्व चर्फी दिवस बागलुङको बरेङमा आइतबार बिभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा बरेङको सुखौरामा प्रभातफेरी एवं बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । फोहोर पानीको व्यवस्थापन र उचित प्रयोग चर्फीमा प्रयोग गरे हुन्छ सदुपयोग भन्ने मुल नाराका साथ बरेङ गाउ“पालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । दिवसको अवसरमा सहभागीले मानिस स्वास्थ्य र सरसफाईको लागि अनिवार्य चर्फी प्रयोग गर्नुपर्ने बताएका थिए ।

उनिहरुले वरपरको बाताबरण सफा राख्नुका साथै चर्फीको सही प्रयोग गर्न तर्फ सबै उमेर समुहका व्यक्ति लाग्नुपर्ने बताएका थिए । दिवसको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा ध्रुवपती खत्री प्रथम,सुस्मा खत्री द्धितिय र रेश शर्मा तृतिय भएका थिए ।

महेन्द्र माविका प्राचार्य खिमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य प्रबद्र्धक रामप्रसाद शर्माले आफनो भनाई राखेका थिए भने वास प्राविधिक गणेश शर्माको सहजिकरण, बरेङ गाउ“पालिका वास संयोजक सृजना गौतमको स्वागत र शिक्षक तारानाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *