प्रचण्ड पुत्र प्रकाश दाहालको निधनप्रति अर्जेवामा बाम गठबन्धनको श्रद्धान्जली !

श्रृजना पन्त, बागलुङ ०७४ मंसिर ३ । बाम गठबन्धनका प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश दाहालको निधन प्रति दु:ख व्यक्त गर्दै आइतबार बागलुङको अर्जेवामा श्रद्धान्जली अर्पण गरिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी अभियानको क्रममा अर्जेवा पुगेको संयुक्त बाम गठबन्धनको टोलिले श्रद्धान्जली अर्पण गरेको हो ।

श्रद्धान्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य लिला बहादुर थापाले प्रकाश दाहालको निधनले सम्पूर्ण बाम गठबन्धनलाई स्तब्ध तुल्याएको बताउदै युवा नेता प्रकाशको निधनबाट उत्पन्न शोकलाई शक्तिमा बदलेर उहाँले देखेको सपना पुरा गर्न लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य श्रीप्रसाद शर्मा, एमाले उपाध्यक्ष कृष्ण पाठक लगाएतले स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त नेकपा माओवादी केन्द्रका अध्यक्ष लगाएत सपरिवारमा समवेदना प्रकट गरेका थिए ।

कार्यक्रम नेकपा माओवादी केन्द्र अर्जेवाका अध्यक्ष तथा जननिर्वाचित जैमिनी नगरपालिकाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता र एमाले जिल्ला सचिवालय सदस्य भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *