Menu

बडीगाड गाउपालिकामा भेट्टिएको सुतली बम डिस्पोज : बढ्यो जिल्लाको सुरक्षा संवेदनशीलता

कमल पौडेल, बागलुङ २०७२ मंसिर ३ । प्रतिनिधी एवं प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिदै जाँदा देशका विभिन्न भागमा निर्वाचन प्रचार प्रसारलाई लिएर हिँडी रहेका उमेदवार एवं उनको प्रचार टोली माथी लक्षित गरी एम्बुस राखी विष्फोट गराईएको छ भने कतै बम प्रहारका घटना भैरहेका छन् ।

यसैबीच गत कात्तिक ३० गते गल्कोट हटियामा आयोजित बामगठबन्धनको बृहत् आमसभालाई लक्षित गरी बम बिष्फोटन गराईएको तीन दिन नबित्दै बागलुङ जिल्लाको पश्चिम बडीगाड गाउपालिका-२ न्वारमा फेला परेको शंकास्पद बस्तु सुतली बम भएको पुष्टी भएपछी बागलुङको सुरक्षा संवेदनशीलता बढेको छ । गल्कोट बम घटनाबाट केहि क्षेती नभएपनि ३ दिनको अन्तरालमा न्वारमा अर्को सुतली बम भेट्टिएपछी जिल्लाको सुरक्षा व्यवस्थामा चुनौती थपिएको हो । प्रहरी प्रशासनले भने जिल्लाको शन्ति सुरक्षालाई लिएर उच्च सतर्कता अपनाईएको जनाएको छ ।

आज आइतबार बिहान बडीगाड गाउपालिका वडा नं २ का अध्यक्ष टीका काउचाको घर न्वार नजिकै शंकास्पद बस्तु देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । । प्रहरीले वमको शंका गरि नेपाली सेनालाई वोलाएको र पछि सेनाले सो सुतली वमलाई डिस्पोज गरेको प्रहरी सहायक निरिक्षक महदत्त शर्माले जानकारी दिए। सो बम कसले राखेको हो भन्ने कुनै समुहले जिम्मा लिएको जानकारी प्राप्त भएको छैन ।

उता निसीखोला गाउपालिकाको याङ्म्याङ्को जंगलमा महिला मतदाता शिक्षा कर्मचारीबाट बिप्लव समुहले नमुना मत्रपत्र/पोष्टर लुटेका छन् । प्रहरीले लुटेराहरुको पहिचान गर्न बाँकी रहेको अवस्था छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *