पुष्पकमल दाहाल प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको हृदयघात पछि निधन !

काठमाडौं, २०७४ मंसिर ३ । बिहान पाँच बजे हृदयघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको निधन भएको छ ।

झापाको विर्तामोडमा रहेका दाहाल मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल हेलिकप्टरमा काठमाडौं फर्कदै छन् । प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।

२०३८ सालमा जन्मिएका प्रकाश, दाहालका एक मात्र छोरा हुन् । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाश दाहाल (साकार) का दुई श्रीमती र दुई छोरा छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *