बाम गठबन्धनको विजयलाई कुनै पनि शक्तिले रोक्न नसक्ने घर्तीको दावी

सुमन सुनार, २०७४ मंसिर ३ । चुनाव प्रचार प्रसार अभियान अन्तर्गत शनिबार निसीखोला गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानमा मतदता भेटघाट पछि भल्कोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै संयुक्त बाम गठबन्धनका प्रदेश नं. २ ख का साझा उमेदबार टेक बहादुर घर्तीले बाम गठबन्धनको विजयी सुनिश्चित भएकाले अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

उम्मेदवार घर्तीले यस क्षेत्रको विकासलाई राज्यको पहुच सम्म पु¥याउन बाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताउनुभयो । घर्तिले बामगठबन्धनको विजयी अभियान सुरु भइसकेकाले जित सुनिश्चित भएको बताए । उनले आफु निर्वाचित भए यस क्षेत्र विकास र समृद्धिलाई अगाडि बढाउन आफु सधै लागी पर्ने प्रतिबद्धता जनाउदै आफुलाई मतदान गरि विजयी बनाउन मतदातालाई आग्रह गरे ।

यस्तै सभामा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, नेकपा एमालेका रुद्र पौडेल, राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही, नेकपा माओबादी केन्द्रका प्रेम घर्ति मगर, बलावती शर्मा, तुल्सीराम अर्याल, नेकपा एमालेका ददिराम शर्मा, राष्ट्रिय दलित आयोगकी पुर्व अध्यक्ष सुशिला सिर्पाली लगायतले सभामा बोल्दै देशको समृद्धि र विकास चाहने नागरिकले बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि विजयी बनाउन आग्रह गरेका थिए ।

निर्वाचन परिचालन समिति वडा नं. ६ का संयोजक बेल बहादुर बुढा मगरको अध्यक्षता रहेको सभामा नेकपा एमालेका लिला बहादुर बुढा मगरको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चाका तिलक बुढाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *