Menu

निर्वाचनलाई स्वतन्त्र र बिश्वसनीय रुपमा सम्पन्न गर्न सके मात्र त्यसले राम्रो परिणाम दिन्छ: खड्का

निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रश्न उठ्ने गरी काम भएमा त्यो क्षम्य हुँदैन : पण्डित

कोपिला कँडेल, बागलुङ २०७४ मंसिर ३ । संसद सचिवालयका सहसचिव तथा बागलुङका अनुगमन टोली प्रमुख अर्जुन खड्काले निर्वाचन हुनु मात्र ठुलो कुरा नभएकाले निर्वाचनलाई स्वतन्त्र र बिश्वसनीय रुपमा सम्पन्न गर्न सके मात्र त्यसले राम्रो परिणाम र प्रणाली दिन सक्ने बताएका छन् ।

मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृत तथा मतगणना सम्बन्धि प्रशिक्षणको शनिवार उद्घाटन गर्दै यस्तो बताएका हन् ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले जिल्लामा निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सबै खालका सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जिल्लामा उदाहरणीय रुपमा चुनाव सम्पन्न गराउनु निर्भिक भएर आफ्नो कार्यक्षेत्रमा खटिन कर्मचारीहरुलाई निर्देशन दिँदै कर्मचारीबाट निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रश्न उठ्ने गरी काम भएमा त्यो क्षम्य नहुने बताए । राज्यले अधिकृत कर्मचारीहरुलाई मायाँ गरेर नभई पदीय हिसावले जिम्मेवारी दिएकाले आफ्नो पदीय गरिमा उनले आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलेपनि मन्तव्य दिएका थिए ।

बागलुङमा रहेका १ सय ९९ मतदान केन्द्रहरुमा जगेडा सहित खटिने ४ सय १९ जनाा मतदान र सहायक मतदान अधिकृतहरुलाई प्रादेशिक रुपमा चार समूहमा बिभाजन गरेर तालीम दिइने जिल्ला निर्वाचन कार्यालय बागलुङका जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *