गुल्मीमा वामगठबन्धनले २ हजार मिटर पाईप वरामद गरे !

प्रेम सुनार, गुल्मी २०७४ मंसिर २ । अहिले साँझ केहि वेर अघि गुल्मीको क्षेत्र नम्वर १ को प्रदेश नम्वर २ मा २ हजार मिटर खानेपानीका पाईप वामगठबन्धनका युवा संगठनले वरामद गरेको समाचार प्राप्त भएको छ । क्षेत्र नम्वर १ का वामगठबन्धन निर्वाचन परिचालन कमिटीका सचिवालय सदस्य मनिराम ज्ञवालीले गुल्मी दरवार गाउँपालिको वलीथुम अर्दि भन्ने स्थानबाट गठबन्धनका युवाहरुले लु २ ज १३७८ नम्वरको जिपमा लैजाँदै गरेको २ हजार मिटर पाईप वरामद गरी राखेको जानकारी दिएका हुन् ।

वामगठन्धनले क्षेत्र नम्वर १ अन्तरगत प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्कीले चुनावमा जनताको मत प्रभावित पार्न वितरण गर्न लागेको आरोप लगाएका छन । पाईप बाँडनका लागि हो या सरकारी वा कुनै व्यक्तिको हो रु भन्ने विषयमा आधिकारिक पुष्टाई हुन नसके पनि यो समाचार लेख्न वेला सम्म उक्त पाईप वामगठबन्धनका युवाहरुको नियन्त्रणमा रहेको छ ।

उक्त पाईप वामगठबन्धनका प्रकाश सर्तुङ्गे लगायतका युवाहरुले वरामद गरेका थिए । यस सम्वन्धमा नेपाली कांग्रेसबाट प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्की संग टेलिफान सम्पर्क राख्दा आफुलाई केहि पनि थाह नभएको भन्दै आफु माथी झुटो आरोप लगाईएको बताए । उनि संग कुरा भएको केहि छिन नवित्दै यताबाट सम्पर्क राखिएको सोही टेलिफोन नम्वरमा वलिथुम स्थित नेपाली कांग्रेसका कार्यकर्ता प्रेम पुनले अत्तालिदै फोन गरे ।

उनले अलि चर्को स्वरमा भने –‘एमालेका मान्छेहरुले नियन्त्रणमा लिएको उक्त पाईप न उमेदवार धनेन्द्र कार्कीले दिएको हो न त म आफु प्रेम पुनले दिएको हो । ’ उनले थपे– ‘त्यो पाईप वडाबाट छुट्टाईएको ५० हजार रकमबाट खरिद गरेर ल्याईएको हो । उनिहरुले भने जस्तो होईन् , समाचार लेख्दा अलि ख्याल गर्नु होला । त्यसो त स्थानिय तहको निर्वाचनमा पनि एमाले कार्यकर्ताहरुले नेपाली कांग्रेसले बाँडेको भन्दै सोही गाउँपालिकाको छिमेक रेसुङ्गा नगरपालिकाको वडा नम्वर १३ मा पनि १ हजार मिटर पाईप नियन्त्रणमा लिएका थिए ।

वरामद गरिएको उक्त पाईपको वारेमा रिर्पोटिङ्ग गर्न पुगेको यसै समाचारदातालाई गौडाकोटमा कांग्रेस कार्यकर्ताहरुले घेराउ गरी चार पाँच घण्टा सम्म नियन्त्रणमा लिएका थिए । निर्वाचन अधिकृत सहित प्रहरीको ठुलो संख्या पुगेर यस समाचारदातालाई त्यहाँबाट राती सदरमुकाम लिएर आएका थिए ।
वामगठबन्धनका परिचालन कमिटी सदस्य पुनाराम ज्ञवाली भन्छन् –‘यहि हो कांग्रेसको लोकतन्त्र रु कुनै सञ्चारकर्मीले रिर्पोटिङ्ग गर्न र समाचार लेख्न पनि नपाउने रु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *