निसी, भुजी र तमान खोलाको बिकासका निम्ती नेपाली कांग्रेसलाई जिताउनुको बिकल्प छैन – देबी भट्टचन

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ मँसिर २ । नेपाली कांग्रेसको चुनावी सभा शनिबार तमानखोला गाउपालिका ४ लाममेलामा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दे नेपाली कांग्रेसका समानुपातिक उमेदवार देबिप्रकाश भट्टचनले आफु बिगत केहि समय आफनै कार्यब्यस्ततामा रहेपनी अबको समय समाजसेवामा खर्चने बताएका छन् । बरिष्ठ उद्योगपती समेत रहेका उनले निसी, भुजी र तमानखोला बिगतदेखिनै भौगोलिक र अन्यक्षेत्रबाट पछाडी परेको क्षेत्र रहेको बताउदै अबका दिनमा स्वयं आफु र सिँगो नेपाली काग्रेस पार्टीले मात्र यस क्षेत्रको बिकास गर्न सक्ने बताउदै सबैले सोच्ने समय आएको बताए ।

समाजसेवी भट्टचनले भने, म तमानखोला गाउपालिकाकै ब्यति ह। आबश्यक परेको हरेक सहयोग आफुले गर्ने तत्पर छु । भावी दिनमा तमानखोलालाई नमुना बनाउने आफनो दृढ सँकल्प छ । त्यसैले यस पटकको निर्वाचनमा आफुलाई र नेपाली काग्रेसकका उमेदवारलाई बिजयी बनाउने अभियानमा साथ दिन आग्रह गर्दछ ।

कार्यक्रममा बिशिष्ठ अतिथी तथा प्रदेश सभा ख उमेदवार जित शेरचनले बोल्दै निसी भुजि र तमानको बिकासका लागि आफु जनतामाझ आएको बताउदै समुन्नत समाज निर्माण र लोकतन्त्रको रक्षाका निम्ती आफुलाई मतदान गरी बिजयी बनाउने अभियानमा साथ दिन मतदातालाई अपिल गरे ।

कार्यक्रममा समाजसेवी खगेन्द्र भट्टचन, तमानखोला गाउपालिका प्रमुख जोकलाल बुढा, नेपाली काग्रेस तमानखोला गाउपालिका सहसंयोजक झकबहादुर बुढा, वडा नं ३ अध्यक्ष गिरबहादुर घर्ति, लगाएतले बोल्दै स्थानीय स्तरको बिकास, शान्ती लोकतन्त्रको रक्षा र संबिधान कार्यान्यनमा नेपाली काग्रेसका उमेद्वारलाई बिजयी गराउन आग्रह गरेका थिए ।

जेष्ठ नागरीक तथा नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य मनिचन छन्त्यालको अध्यक्षता रहेको कार्यक्रम तेजेन्द्र श्रीपालीले सन्चालन गरेका थिए ।

त्यस्तै निसिखोला गाउपालीकामा नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार र मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । निसिखोला गाउपालीका प्रमुख तारानाथ पौडेल सहित उपप्रमुख शोभाकुमारी कार्की, वडा नं १ का अध्यक्ष ईन्द्रबहादुर मल्ल लगाएतको टोलीले लेवाङ, सात्ले, हुल्दी लगाएतका ग्रामिण क्षेबम घरदैलो गर्दे शान्ती बिकास र समृदिका निम्ती नेपाली काग्रेसका उमेदवारलाई मतदान गर्ने आग्रह गरीएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *