काँग्रेसको प्रचार अभियान ताराखोलामा : गल्कोट ४मा काँग्रेसको सम्पर्क कार्यालय स्थापना

गुमानसिँह भण्डारी। गल्कोट २०७४ मंसिर २ । नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्धार नर बहादुर पुन निरज तथा प्रदेश सभा सदस्यका उमेदवार मन्जेशबम मल्ल चनावी प्रचारमा व्यस्त रहेका छन् ।

नेपाली काग्रेस गलकोट नगरपालिका वाड नम्बर ४ को सम्पर्क कार्यालय उदघाटन गर्दै उमेदवार नरबहादर पुनले नेपाली काग्रेसले गरेको बिकास निर्माणले गर्दा आफुहरुलाई जनताले ढुक्कका साथ मतदान गर्ने विश्वास व्यक्त गरे । पुनले प्रजातन्त्रबादीको रगतले सिंचित गलकोट कहिलै नहार्ने दावी समेत गरे ।

त्यस्तै प्रदेश सभा सदस्य मञ्जेशबम मल्लले नेपाली काग्रेसले बिकासको अगुवाई गरेका कारण आफुलाई बिजयी गराउन कार्यकर्तालाई आग्रह गदैे समृद्ध गलकोट निर्माणका लागी काग्रेसले जित्नु आवश्यक भएको बताए ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, क्षेत्रीय सभापति दोर्ण कुबर, जिल्ला कोषाध्यक्ष उमेश गौतम, निर्वाचिन परिचालन समिति प्रदेश १ का संयोजक फम खत्री, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, यम श्रीस पुर्व जिल्ला सदस्य मुकुन्डसिह भण्डारी, राम बहादुर खत्री लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वाडल नम्बर ४ का अध्यक्ष ओम बहादुर भण्डारीको अध्यक्षता, ओमकार सुवेदीको स्वागत मन्तब्य र दोणराज पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच नेपाली काग्रेस क्षेत्र नम्बर २ को चुनावी अभियान ताराखोला गाउपालिका वाड नम्बर १ माझखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उमेद्धार नर बहादुर पुन निरजले बिकास निर्माण र लोकतन्त्रको सस्थागत बिकासका लागी नेपाली काग्रेसको बिकल्प नभएको बताए । ताराखोला गाउपालिका भित्र नेपाली काग्रेसका आस्था राख्ने ब्यक्तिहरु बढ्दै गईरहेको भन्दै यस पटकको निर्वाचनमा कसैको डर, त्रास र धम्कीमा नपरि मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले ताराखोला गलकोट क्षेत्र भएका कारण हरेक हिसाबले ताराखोला र गलकोटको नाता अजम्बरी भएका कारण यसको सम्बृद्धिका लागी, भाईचारको सम्बन्ध बिकासका लागी नेपाली काग्रेसले अगुवाई गनुपर्ने बताए ।

कार्यक्रममा समानुपाति उमेद्धार मणिभन्द्र कडेलले शिक्षा, स्वास्थ, संचार, यातयात लगायतका क्षेत्रको बिकासका लागी नेपाली काग्रेस अगाडि जानुपर्ने बताए । कार्यक्रममा क्षेत्रीय सभापति दोर्ण कुबर, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम नेपाली काग्रेस ताराखोला गाउपालिका वाड नम्बर १ का अध्यक्ष काजिमान घर्तिको अध्यक्षता, नन्दलाल गैरेको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *