Menu

गुल्मीमा ७ वर्षिया वालिका ४० वर्षिय पुरुषबाट वलात्कृत ?

प्रेम सुनार, गुल्मी, २०७४ मंसिर २ । केहि दिन अघि गुल्मीको धुर्कोट गाउँपालिका भित्र ७ वर्षिया अवोध वालिकालाई अन्दाजी ४० वर्षिय पुरुषले वलात्कार गरेको आरोप परिवारजनले लगाएका छन् ।

धुर्कोट गाउँपालिका वडा नम्वर १ नयाँगाउँकी ७ वर्षिया बालिकालाई गत आईतवार दिउँसो स्थानिय टिकाबहादुर बिक भन्ने पुरुषले वलात्कार गरेको आरोप परिवारजनले लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले त्यस विरुद्ध प्रहरीमा उजुरी परेको र आरोपित बिक फरार रहेको जानकारी दिए ।

‘हामी कहाँ ल्याउँदा ती वालिकाको स्वास्थ्य अवस्था सामान्य देखिन्थ्यो , उनका परिवारजनले निजले वलात्कार गरेको आरोपमा उजुरी दिएका छन्’–थापाले भने–‘ निजलाई खोज्ने र अनुसन्धान गर्ने कार्य भई रहेको छ ।’ उनले जवरजस्ती करणी वा उद्योग वारे निजको वयान लिएर मात्र खुल्ने बताए ।

ती वालिकाकी आमाका अनुसार आईतवार दिउँसो ओरोपित ब्यक्ति घरमै आएर सोधखोज गरी रहेका थिए । पहिला उनका श्रीमान कहाँ काममा गएका छन भनेर सोधेका थिए । त्यस पछि वालिकाकी आमालाई कति टाढा हो काम गर्न जाने रु भनेर सोधेका थिए । उनकी आमा काममा हिडेको केहि वेरपछि घरमा केहि काम भएको वाहना बनाई उनकी छोरीलाई लगेका थिए ।

पहिला आफ्नी छोरीलाई हप्काउँदै अन्यत्रै पठाएका थिए । त्यस लगत्तै आफुलाई जवरजस्ती गरेको ति वालिकाले आमालाई बताएकी थिईन् । कसैलाई नभुन्नु भनेर मारेर गाडी दिनेछु भन्दै धम्की दिएका बिकले २ सय १० रुपैया ँति वालिकालाई दिएर फकाउँदै घर जान भनेका थिए ।

साँझ म कामबाट आएँ, उनकी आमाले भनिन् छोरी विमारी भएर नबोली पल्टेकी थिई पछि सोध्धै जाँदा त्यो मान्छेले त्यस्तो कार्य गरेको बताए पछि अर्को दिन नयाँगाउँ प्रहरी चौकीमा उजुरी दिएकी हुँ ।

उनले निजलाई प्रहरीले पक्राउ गर्न ढिलाई गरेको गुनासो गरिन् । नयाँगाउँ प्रहरीले भने दिनहँु जसो खोजतलास गरे पनि फेला पार्न नसकेको बताएको छ । आरोपित बिक यस अघि अपराधिक कृयाक्लावका घटनामा प्रहरीबाट धेरै चोटी समातियका व्यक्ति हुन् । पीडित भनिएकी वालिकाका परिवारको आर्थिक अवस्था निकै दयानीय रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *