Menu

मंसिर ४ गते गल्कोटमा काँग्रेसको बिशाल आमसभा : नेता त्रय पौडेल, थापा र भण्डारीले सम्वोधन गर्ने !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ मंसिर २ । बामगठबन्धनले गल्कोटमा आयोजना गरेको आमसभाको लगत्तै नेपाली काँग्रेस गल्कोटले पनि हटियामा बृहत् आमसभाको आयोजना गर्ने भएको छ । सो आमसभालाई सम्वोधन गर्न नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु गल्कोट आउने भएका छन् ।

नेपाली काग्रेस क्षेत्र नम्बर २ क प्रदेशको भरखर सम्पन्न बैठकले मंसिर ४ गते गल्कोट हटियामा बृहत् आमसभाको आयोजना गर्ने निर्णय गरेको हो । सो आमसभालाई संवोधन गर्न नेता पौडेल लगायत युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी समेत गल्कोट आउने श्रोतले बतायो ।

आमसभालाई भव्यताका साथ सफल पार्न विभिन्न समितिहरुको गठन गरी कार्यबिभाजन समेत गरिएको छ । प्रचार प्रसारका लागी ढालिन्द्रप्रसाद गौतम, यातयातका लागी नारायणध्यवज मल्ल, मञ्च ब्यवस्थापनमा मुकुन्द सिह भण्डारी, सास्कृतिकका लागी श्रीकृष्ण बम मल्ल र जनपरिचालनका लागी पार्टीका सहसंयोजक तथा पार्टीबाट निर्वाचित वाड अध्यक्षहरुलाई जिम्मेबारी प्रदान गरिएको छ ।

आम सभामा क्षेत्र नम्बर २ का सम्पुर्ण जनसमुदायलाई सभामा उपस्थितिका लागी उपस्थित हुन अनुरोध गरेको छ । बैठक निर्वाचन परिचालन समितिका अध्यक्ष फम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *