संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गदै आर्थिक समृद्धिे पहिलो प्राथमिकता –पुन

कौरव खत्री बागलुङ २०७४ मंसिर २ । नेपाली काँग्रेसका पुर्व सांसद तथा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उमेद्धार नर बहादुर पुन निरजले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

गलकोट नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ठाँउमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गदै पुनले यस्तो बताएका हन् ।
अहिलेको प्रतिनिधिसभा र प्रदेश सभामा काँग्रेसले नजित्ने हो भने संविधान र लोकतन्त्र खतरामा पर्ने भन्दै लोकतन्त्रलाई संस्थागत गर्दै सुन्दर शान्ति र आर्थिक समृद्धि सहित भावी सन्ततीको भविष्य सुनिश्चित गर्न आफू लागि गर्ने उनको भनाई थियो ।

उनले भने आफु गल्कोटको बासिन्दा भएका कारण यस क्षेत्रको समग्र विकास निर्माणलाई योजनाबद्ध रुपमा अगाडी बढाउने बताए । विगतका दिनमा पनि नेपाली काँग्रेसले गल्कोट क्षेत्रमा विकासको अगुवाई गरेको स्मरण गराउदै पुनले आगामी चुनावमा नेपाली काँग्रेसले जित हासिल गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *