Menu

निसी याङ्म्याङ्को जंगलमा महिला मतदाता शिक्षा कर्मचारीबाट बिप्लव समुहले नमुना मत्रपत्र/पोष्टर लुटे !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ मंसिर २ । बागलुङको क्षेत्र नं २ अन्र्तगत निसीखोला गाउपालिकामा मतदाता शिक्षा कर्मचारीले गाउँमा मतदातालाई सिकाउन भनी लगिएको नमुना मतपत्र सहित चुनाब प्रचारका लागि प्रयोग गरिने पोस्टर अपरिचित समुहव्दारा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

शनिबार दिउसो करिब १ बजेको समयमा निसीखोला – ३ को याङम्याङ र वडा नं ४ मा नमुना मतपत्र र पोस्टर लिएर मतदातालाई सिकाउन हिंडेका चारजना महिला मतदाता शिक्षा कर्मचारीलाई याङम्याङको जँगलमा घेराहाली उनिहरुसँग भएको नमुना मतपत्र र पोस्टर जबरजस्ती खोसेर च्यातेको र आफुहरु चुनाब बिरोधी शतिm बिप्लब समुह भएको भन्दै आगामी दिनमा मतदातालाई सिकाउने अभियानमा हिंडेको पाएमा जस्तो सुकै कारबाही गरिने चेतावनी दिएर भागेको वडा नं ३ की मतदाता शिक्षा कर्मचारी निरमाया शाहीले बताएकी छन् । ।
चार जनाको समहुमा आएका उनिहरुले झोला, परिचय पत्र, पोस्टर र नमुना मतपत्र जलाउने प्रयास गरेपनी प्रज्वलनशील पर्दाथ नभएका कारण झोला र परिचयपत्र जोगाउन सफल भएको शाहीले जानकारी दिईन् ।

घटना थाहापाए लगत्तै प्रहरी चौकी झिवाखोलाको टोली त्यसक्षेत्रमा खटिएको छ । वडा नं ३ प्रभा मावि मतदान केन्द्रका निरमाया शाही र सुमित्रा शाही, वडा नं ४ जनमावि झिम्पा मतदान केन्द्रका कर्मचारी राधिका शर्मा र सुमित्रा पौडेलले भौगोलिक रुपले टाढा र जँगलको बाटो भएका कारण सँगै आ आफनो क्षेत्रमा जाँदै थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *