तंग्राममा बाम गठबन्धनको चुनावी सभा : कांग्रेसका दुई युवा बाम गठबन्धनमा प्रवेश

बागलुङ, २०७४ मंसिर २ । काठेखोला गाउपालकिा साविक तंग्राम गाविस वडा नंं. ९ फापरखेत निवासी नेपाली कांग्रेसका क्रियाशिल सदस्य समाजसेवी दिलु पुन र कांग्रेस कार्यकर्ता कमल श्रीस शुक्रवार एमालेमा प्रवेश गरेका छन् । उनीहरुले देशमा राजनीतिक स्थिरता हुन नदिने काम नेपाली कांग्रेसले गरेको आरोप लगाएका छन् । बहुमत पाउदा पनि सत्ता सञ्चालन गर्न नसक्ने कांग्रेसलाई मत दिएर फेरी पनि देशमा अन्यौलता र अस्थिरता ल्याउने काम गर्न नहुने भन्दै उनीहरुलाई बाम गठबन्धनलाई मत दिएर स्थिरता ल्याउन मतदातालाई आव्हान समेत गरेका छन् ।

शुक्रवार बाम गठबन्धनका तर्फबाट तंग्राममा आयोजित चुनावी सभामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, एमाले जिल्ला अध्यक्ष तथा प्रदेशसभाका उमेदवार इन्द्रलाल सापकोटा, प्रतिनिधि सभाका उमेदवार डा.सूर्य पाठक, एमाले युवा नेता हिराबहादुर केसी, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा, एमाले काठेखोलाका सहसंयोजक अञ्जु जिसी लगायतले कांग्रेस परित्याग गरी बाम गठबन्धनमा आवद्ध युवाहरुलाई स्वागत गरेका थिए ।

सयुक्त चुनावी सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाका साझा उमेदवार डा.सूर्य पाठक, प्रदेशसभाका प्रत्यक्ष साझा बाम उमेदवार इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, नेकपा एमाले केन्द्रीय उर्जा विभाग सदस्य हिराबहादुर केसी, अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, राष्ट्रिय जनमोर्चाका समानुपातिक उमेदवार सुप्रभा थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रम निर्वाचन परिचालन कमिटि तंग्रामका संयोजक बिष्णु कँडेलको अध्यक्षता, नेकपा एमाले तंग्रामका अध्यक्ष रणबहादुर थापाको स्वागत र राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिकाका सचिव टिका संगम बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

शुक्रवार नै प्रतिनिधिसभाका साझा बाम उमेदवार डा.सूर्य पाठक सहितको टोलीले तंग्रामको फापरखेतमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अन्न भित्र्याउने र नयाँ बाली लगाउनका लागि खेतबारीमा रहेका जनतालाई काम गर्ने स्थलमै पुगेर उमेदवार सहितको टोलीले मत मागेको थियो ।

बामपन्थीहरुको बहुमत रहेको बागलुङमा बाम गठबन्धन पछि आफुहरुमा उत्साह थपिएको भन्दै मतदाताहरुलाई विजयको शुभकामना दिने गरेको उमेदवार सहितको टोलीमा सहभागी एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसीले जानकारी दिइन् ।

बागलुङमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएका बामपन्थीहरुले जिल्ला समन्वय समिति एकलौटी रुपमा जित्न सफल भएका छन् । यस पटकको निर्वाचनमा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभामा गठबन्धन गरेका बामपन्थीहरुले सबै सिट सहजै जित्ने लक्ष्य लिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *