बामपन्थी उम्मेदवार जिताउन र मतदाता शिक्षा दिन क्रान्तिकारीले बनायो समिति

थम्मन थापा सन्देश, गल्कोट २०७४ मंसिर १ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी ताराखोला गाउँपालिकाले मतदाता शिक्षा अभियान सञ्चालन गर्न समिति गठन गरेको छ ।

ताराखोला गाउँपालिका–४ तारागाउँमा भएको भेलाले वाम गठबन्धनका उम्मेदवर जिताउँ अभियनसँगै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न समिति गठन गरेको क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष दिवश खत्री पदमले जानकार दिए । नेपाल मावि तारामा कक्षा ११ पढ्ने अध्यक्ष केशव खड्काको अध्यक्षतामा १ सय ५ सदस्यीय गाउँपालिका स्तरीय विद्यार्थी समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष मनिता बुढा मगर, सचिव धनबहादुर घर्ती, सहसचिव अमृता पुन र कोषाध्यक्ष एलिसा बिक रहेका छन् ।

भेलामा बोल्दै अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य दिवश खत्री पदमले बदर मत घटाउन र गठबन्धनका उम्मेदवारको पक्षमा भोट माग्ने बताए । ‘गाउँपालिका भित्रका गाउँ गाउँमा पुगेर यि दुबै काम गर्ने काम यो समितिले गर्नेछ,’ खत्रीले भने, ‘यस क्षेत्रबाट प्रतिनिधि सभामा उठेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल र प्रदेश सभाका उम्मेदवार चन्द्रबहादुर बुढा सागरलाई जिताउने जिम्मेवारी तपाई हाम्रो हो ।’ नव गठित समितिका अध्यक्ष केशव खड्काले कार्यक्रमलाई अभियानकै रुपमा गाउँपालिका भित्रका गाउँ गाउँमा पुराउने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *