नेपाली काग्रेस देशको पहिलो पार्टी भएका कारण कुनै पनि हालतमा पराजय हुँदैन – निरज

गुमान सिँह भण्डारी, गल्कोट २०७४ मंसिर १ । नेपाली काग्रेसका पुर्व सांसद तथा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उमेद्धार नर बहादुर पुन निरजले नेपाली काग्रेस देशको पहिलो पार्टी भएका कारण कुनै पनि हालतमा पराजय नहुने बताएका छन् ।
गल्कोट नगरपालिका वाड नम्बर ८ र ९ मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पुनले आफु गल्कोटको बासिन्दा भएका कारण यहाँको बिकास निर्माणलाई योजनाबद्ध रुपमा अगािड बढाउने स्पष्ट पारे ।

बिगतमा दिनमा पनि नेपाली काग्रेसले गलकोट क्षेत्रमा बिकासको अगुवाई गरेको स्मरण गराउदै पुनले आगामी चुनावमा नेपाली काग्रेसले जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै प्रदेश सभा १ का उमेद्धार मञ्जेश बम मल्लले सम्बृद्ध गल्कोट निर्माण आफनो पहिलो प्राथमिकता हुने बताउदै बिगतमा आफुले गलकोट क्षेत्रको शिक्षा, स्वास्थ क्षेत्रमा गरेको कामको स्मरण गराउदै आगामि दिनमा समेत यहाँको बिकास कार्यलाई पहिलो प्राथमिकताका आधारमा अगाडि बढाउने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष उमेश गौतम, निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक फम खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए । गलकोट नगरपालिका वाड नम्बर ८ मा सञ्चालन गरिएको कार्यक्रम नेपाली काग्रेस गल्कोट नगरपालिकाका नगर सहसंयोजक ढालिन्द्रप्रसाद गौतमको अध्यक्षता सम्पन्न भएको थियो ।

त्यस्तै वाड नम्बर ९ मल्ममा आयोजना गरिएको कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वाड नम्बर ९ का अध्यक्ष यज्ञप्रसाद सापकोटाको अध्यक्षता र तिर्लोक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य रामप्रसाद कडेलले बोलेका थिए ।

कार्यक्रममा नेपालि काग्रेसका क्षेत्रीय सभापति दोर्ण कुबर, गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगर लगायतको सहभगीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *