तीर्थ यात्री बोकेको बस पञ्चासेमा दुर्घटना : १ को मृत्यु ४० घाईते, ८ जनाको अवस्था गम्भीर !

महेन्द्रं केसी, पर्वत २०७४ मंसिर १ । धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबाहक बस पञ्चासेमा दुर्घटना भएको छ । दुर्घटनामा पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ ।
बालाचतुर्दशीमा पञ्चासेमा सतवीज छर्न गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस दिउँसो ४ बजे कुस्मा नगरपालिका –१४ रेसको पाखामा दुर्घटना भएको हो ।

पर्वत कास्की र स्याङ्गजाको सीमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बसमा सवार ४० यात्रु घाइते भएका छन । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइेतहरुको उद्दार गरि पोखरा पठाईएको उद्दारमा संलग्नले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *