Menu

वामपन्थीहरु काम गर्छ्न प्रचार गर्दैनन्, तिनै कामलाई काङ्ग्रेसहरु आफुले गरेको भन्ने भ्रम छर्छन – पौडेल

बबिता शर्मा, बागलङ २०७४ मंसिर १ । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बामगठबन्धन बागलङ क्षेत्र नम्बर (२) का उमेद्वार देवेन्द्र पौडेलले नेपालको राजनीतिमा स्थिरता र समृद्धिको लागिनै बामपन्थी एक भएको बताएका छन् ।

संयुक्त वामगठबन्धनले आज गल्कोट नगरपालिकाको काँडेवासमा गरेको चुनावी भेटघाटमा बोल्दै पौडेलले लामो समय काङ्ग्रेसले शासन गयो तर विकासका एजेन्डा र जनताका समस्या सधै ओझेलमा परे अब वामपन्थीको शासन हेर्नुस् पौडेलले भने ।

विगतका ढरज्ञण् महिना सरकार चलाउने अभ्यासले अस्थिरता पैदा गरेको भन्दै पौडेलले अब स्थिरता र समृद्धिको लागि आफ्ना सबै स्वार्थ त्यागेर वामपन्थीहरु मिलेर जनतामाझ आएको बताए । दलित, महिला,जनजाति,अल्पसंख्यक,सहिद, घाइते,लगायत सबैका हक अधिकारका लागी लडेको र अब लड्ने पनि वामपन्थीहरुनै हुन् त्यसैले अवको निर्वाचन मार्फत वामगठबन्धनका साझा उमेदवारलाई मत दिएर ५ बर्ष सरकार चलाउने वातावरण गराउन आग्रह गरे। छोटो समय सरकार चलाए पनि जिल्लामा जति विकास भएको छ त्यसमा धेरै वामपन्थीकै योगदान भएको बताउदै पौडेलले ती सुरु गरेका विकास निर्माणका कामलाइ पुर्णता दिन बामपंथीकै सरकार आवश्यक भएको बताए। वामपन्थीहरु काम गर्छ्न प्रचार गर्दैनन्, तिनै कामलाइ काङ्ग्रेसहरु आफुले गरेको भन्ने भ्रम छर्दै हिडेका छ्न, पौडेलको आरोप थियो।

काङ्ग्रेसले अब जनता झुक्याउने दिन गएको बताउदै २ नम्बर क्षेत्रका जनताले एक पटक आफुलाइ मौका दिन आग्रह गरे। यहाँका समस्या सग आफू परिचीत भएको भन्दै जनताका आइपर्ने अन्य समस्या समाधानका लागि आफू पुर्ण प्रतिबद्ध भएको पौडेलको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट समानुपातिक तर्फका उमेदवार दिलमाया रोका ूदिपाू राजमोका नारायण सापकोटा र एमालेका गल्कोट नगरपालिका संयोजक डम्बर श्रीस लगायतले वामगठबन्ढनका साझा उमेदवार लाई जिताउन आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *