टिकाराम भट्राई , बुर्तिबाङ २०७४ मंसिर १ । ढोरपाटन नगरपालिकाको वडा नम्बर १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा सञ्चालित अपांगता कक्षामा सहभागी वालवालिकालाई आज छात्रवृत्ती वितरण गरिएको छ । २० जना अपांगता भएका वालवालिकाले अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीका अभिभावकलाई जिल्ला शिक्षा कार्यलय बागलुङले उपलब्ध गराएको रु ५० हजार वितरण गरिएको हो । आज एक कार्यक्रम गरी मासिक ५ सय रुपैयाँका दरले १० महिनाको प्रति व्याक्ति ५ हजारका दरले कुल ५० हजार रुपैयाँ छात्रवृत्ती वितरण गरिएको उत्तरगंगा मा.वि.का प्रध्यानाध्यापक धन बहादुर कुवरले ईबागलङलाई बताए ।
जिल्लाको क्षेत्र नम्बर २ का अपांगता भएका वालवालिकालाई लक्षित गरी बुर्तिबाङमा खानेवस्ने सुविधा सहितको अपांगता कक्षा सञ्चालन भईरहेको छ । अपांगता कक्षाका लागी प्लान इन्टरनेशनल नेपालले भवन निर्माण गरिदिएको थियो ।
छात्रवृत्ती वितरण कार्यक्रमका प्रमुख अतिथी एवं उत्तर गंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक धन बहादुर कुवंरले शारीरिक तथा बौद्धिक रुपले अपाङ्गता भएका विद्यार्थीहरुले चाहे जस्तो सुकै काम पनि गर्ने भन्दै अभिभावकलाई अब आउँदो शैक्षिक सत्रको सुरुमै आफ्ना वालवालिकाहरुलाइ भर्ना गर्न आग्रह गरेका थिए ।
आफ्नो कार्यकाल सकिनै लागेकाले यो आफ्नो हातबाट विद्यार्थीहरुलाई रकम वितरण अन्तिम रहेको बताउदैँ अपांगता कक्षालाई सक्दो सहयोग गर्ने बताए । अपांग सरोकार संघ बागलुङका पुर्व अध्यक्ष चुडा वहादुर कुवरले आफुले पनि सहयोग गर्ने बताउदै अन्य क्षेत्रबाट समेत सहयोग गर्न अपिल गरेका थिए ।
अपांग सरोकार संघ बागलुङका पुर्व अध्यक्ष चुडा वहादुर कुवरको अध्यक्षता अपांगता कक्षाकी शिक्षिका कल्पना भट्राइ र विद्यालयका शिक्षक चित्र बहादुर पुनको विशिष्ट आतिथ्यता र शिक्षक विष्णु चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो