पोखराबाट कुस्मा हुँदै बेनी सम्म रेल – ओली : ढिकुरको जत्रो छाती हुनेले देशको नेतृत्व गर्न सक्तैन -प्रचण्ड

महेन्द्र केसी, पर्वत २०७४ मंसिर १ । एमालेअध्यक्ष केपी शर्मा ओलीले नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने बताएका छन । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताएका हुन ।

बाम गठबन्धनले चुनाब जितेपछि नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले भने ‘उत्तर दक्षिणका नाका खोलिएका छन, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन ’ उनले उत्तर तर्फ खोलिएका नाकाहरु पुग्ने मोटरबाटो अब पक्की बनाएपछि उत्तर दक्षिणमा सहज ब्यापार गर्न सक्ने उनको भनाई थियो ।

ओलीले आफु प्रधानमन्त्री हुँदा मुस्ताङ्ग र तिब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपैया बजेट समेत बिनियोजन गराएको बताउँदै ३ बर्ष भित्र कालोपत्रे गरि सक्ने विश्वास पनि दिलाए । मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याउँदै उनले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने बताए ।

‘पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने छौ’ उनले भने ‘यसका लागि केही बर्ष मात्रै लाग्छ’ बामपन्थीहरुको एकताबाट आत्तिएको कांग्रेसले कम्युनिष्टहरु सत्तामा आएपछि अधिनायकबाद आउँछ भनेर भ्रम फैलाएको आरोप पनि लगाए ।
उनले बाम गठबन्धनले निर्वाचन जितेपछि लोकतन्त्र सुदृढ गरिने आश्वासन पनि दिए । उनले बाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, बिकास र सम्बृद्धि ल्याउने बताए । ‘देशले खोजेको लोकतन्त्र, शान्ति, बिकास, सुशासन र सम्बृद्धि सबै बाम गठबन्धनले दिन्छ’ उनले भने । कांग्रेसले समाजबाद बिसीसकेको आरोप पनि उनले लगाए ।

सोही चुनावी सभालाई सम्वोधन गर्दै माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय बर्षको समयलाई अगाडी ल्याउन सकिने बताएका छन् । बामपन्थी दलहरुको एकताले मुलुकमा सय बर्ष पछिको परिर्वतन अहिले नै ग्यारेष्टी गर्छ उनको भनाई थियो ।

उनले कम्युनिष्टहरुको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रबादी शक्ति संग सहकार्य गर्न आग्रह गरे । ‘कम्युनिष्टहरुलाई बिभाजित गरेर शासन गर्ने सपना नदेख्नुस’ चेतावनी दिँदै उनले भने, ‘अब कम्युनिष्टहरुले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन ।’

उनले कम्युनिष्टहरुको एकताबाट आउने बहुमतको सरकारलाई मात्रै नभई राजनैतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे ।

आफुले प्रधानमन्त्रीबाट राजिनामा दिदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला राजनेता भन्ने देउवालाई उक्त भनाई फिर्ता लिन आग्रह गरे । आफुले राजनेता भनेको ब्यक्तिका बिरुद्ध हलो लिएर उत्रिएको भन्दै दहालले अब उक्त पदवी दिनुको अर्थ छैन भने । ‘मनै देखि राजनेता मानेको हो भने मेरा बिरुद्ध किन उमेदवार खडा गरियो’ उनले भने ‘ढिकुरको जस्तो सानो क्षाती बनाएर देउवाले देशको नेतृत्व गर्न सक्दैनन ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *