Menu

विहीबार सञ्चालन गरिएको निःशुल्क प्लाष्टिक सर्जरी (शल्यक्रिया) सेवाका ३ जना विरामी छनौट !

सुमन सुनार २०७४ मंसीर १ । तालु तथा ओठ फाटेका विरामीहरुका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा विहिबार सञ्चालन गरिएको निःशुल्क प्लाष्टिक सर्जरी (शल्यक्रिया) सेवाका लागि छनौट कार्यक्रमबाट ३ जना विरामी छनौट भएका छन् ।

सेवा फाउन्डेशन र बयोधा अस्पतालको संयुक्त आयोजना तथा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको सहजीकरणमा ३ महिना भन्दा माथिका दुवै तर्फ ओठ फाटेको, तालु फाटेको, गिंजामा प्वाल परेको, अपरेशन गरेर ओठ नमिलेको र ओठ फाटेका विरामीहरुको चेकजाँच अथवा निशुल्क उपचारका लागी छनौट कार्यक्रमको आयोजना गरिएकोे थियो । सो छनौट कार्यक्रममा ६ जना विरामीको चेकजाँच गरिएको थियो । ती मध्य ओँठको अप्रेशन गरेर ओठ नमिलेका ढोरपाटन नगरपालिकाका ५७ वर्षिय दम्मर बहादुर कुँवर, तमानखोला गाउँपालिकाका ४२ बर्षिया छमकला सापकोटा र तालु फाटेको र ओठ नमिलेका ढोरपाटन नगरपालिका कै २४ वर्षिय होमलाल चालिसे छनौट भएको सेवा फाउन्डेशनका फिल्ड कोर्डिनेटर पुर्ण प्रसाद जैसीले बताए ।

छनौट भएका विरामीहरुलाई निशुल्क उपचार तथा शल्यक्रियाका लागी बयोधा अस्पताल बल्खु, काडमाडौ लगिएको छ । विरामीको निशुल्क अप्रेशनका साथै विरामी कुरुवालाई समेत काठमाडौ सम्मको गाडी भाडा र खान बस्नको निःशुल्क ब्यवस्था मिलाईएको सेवा फाउन्डेशनका फिल्ड कोडिनेटर जैसीको भनाई छ । यस्तै यस्ता समस्या भएका तथा छुटेकाहरुले जुनसुकै बेला आफ्नो पायक पर्ने प्राथमिक स्वास्थ्य चौकीमा गएर सम्पर्क गर्न सक्ने उनले बताएका छन् । उनिहरुलाई पनि निःशुल्क उपचार गरिने कोर्डिनेटर जैसीले जानकारी दिए ।

यस अघि पनि सेवा फाउन्डेशन र बयोधा अस्पतालको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थान पैयँुपाटा, बिहुँ, गल्कोटमा पनि कार्यक्रम सञ्चालन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *