स्व खड्काको निधनमा सिवाईसीद्वारा दुखः व्यक्त

सुमन जि.सी, बागलुङ २०७४ मंसिर १ । चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य कुमार खड्काका पुज्यनीय पिता ईमान्दार, कर्मठ, सामाजिक एवं क्रियाशिल व्यक्तित्व बागलुङ जिल्ला बागलुङ नगरपालीका वडा नं. ३ गुठी निवासी स्व. लोकवहादुर खड्काको ७३ वर्षको उमेरमा मिति २०७४ आश्विन १९ गतेका दिन भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्व सञ्चालक तथा कर्मचारीहरुको टोलीले १२ औँ दिनको पुण्य तिथीको क्रममा स्व. खड्काको निवासमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो । श्रदाञ्जली सभामा संस्थाको तर्फवाट सल्लाहाकार देववहादुर श्रेष्ठले समवेदना पत्र र अध्र्वदैहीक कर्मका लागि संस्थाको नियमानुसार रु. ५ हजार आफन्तजनलाई हस्तान्तरण गरेका थिए ।

श्रदाञ्जली सभामा बोल्दै संस्थाका अध्यक्ष पौडेलले स्व. खड्का समाजिक एवं क्रियाशिल व्यक्तित्व भएकाले उहाँलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. खड्काले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *