पर्वतमा राजनीतिक सरगर्मी : अघिल्लो चुनावमा पराजीत अधिकारी र गुरुङ प्रदेश सभा सदस्यमा आमने सामने !

महेन्द्र केसी, पर्वत २०७४ मंसीर १ । सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कलबाजी हुदैछ । निर्वाचन आउन अब २२ दिन मात्रै बाँकी छ । राजनीतिक दलहरु चुनाव प्रचारप्रसार अभियान लिएर गाउँगाउँमा पसेका छन् । प्रदेशसभाका लागि बामगठबन्धनको तर्फदेखि उम्मेदवार बनेका नेत्र अधिकारी हिमाल र लोकतान्त्रिक गठबन्धनको तर्फदेखि नवराज गुरुङ मध्ये को बलियो भन्ने बहस तिब्र छ । दुवै अघिल्लो संविधानसभामा पराजित उम्मेदवार हुन् ।

अधिकारी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन् भने गुरुङ नेपाली काँग्रेस पर्वतका पुर्व सभापति हुन् । यी दुवै जनाको प्रतिस्पर्धालाई रोचकता साथ हेरिएको छ । बाम गठबन्धनको तर्फ बाट प्रदेश सभाको लागि साझा उम्मेदवार बनेका नेत्र अधिकारी इमान्दार र असल नेता मानिन्छन् । सादा जीवन उच्च विचारका धनी मानिने अधिकारी हिमाल सधै नेपाल र नेपाली जनताको पक्षमा आफूलाई पुरापुर निष्ठा र इमान्दारिताका साथ लगाइ रहने नेताको रुपमा परिचित छन् ।

अधिकारी नेपाल र नेपाली जनताको मुक्तिका खातिर आफ्नो प्राणलाई मुठिमा लिएर जनयुद्धमा होमिए नेता हुन् । २०७० सालको संबिधान सभाको निर्वाचनमा पराजित भएका अधिकारीले ७ हजार मत प्राप्त गरेका थिए । बाम गठबन्धनको साझा उम्मेदवार बनेका अधिकारीलाई एमाले पार्टीको नै भर हो । एमाले कार्यकार्ताले आफ्नै उम्मेदवार ठानेर खुल्ला दिल दिएर जिताउन हिडेमा हिजोको संसदीय निर्वाचनको मत परिणामले स्पष्ट देखाउँछ । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धन बनेपछि नेत्र अधिकारीलाई निर्वाचन जित्नको लागि भने सहज देखिएको छ । त्यस्तै काङग्रेस नेता गुरुङ पनि जिल्लाको राजनीतिक वृत्तमा प्रशस्तै सम्भावना बोकेका नेताका रुपमा गनिन्छन् ।

जिल्ला सभापति हुँदा देखिनै जनता माझ घुलमील भएका गुरुङ प्रति धेरै कार्यकर्ताको मोह छ । जनता माझ लोप्रिय बनेता पनि २०७० सालको संबिधान सभाको निर्वाचनमा पर्वत क्षेत्र नं। २ बाट एमाले पुर्व अध्यक्ष विकास लम्साल सँग पराजित भएपछि उनको राजनिती लाईनमा अबरोध आयो ।

पराजय व्यहोरेका गुरुङले ४ बर्ष राजनितीमा बिश्राम लिए जसका कारण उनलाई जनताले भुलिसकेका छन् । उनी बाट कुनै आशा गर्न समेत छाडेका छन् । उनको र नेता अर्जुन प्रसाद जोशी बिच टकराब पर्ने गरेका कारण पनि जोशीले निर्वाचनमा उनलाई सहयोग गर्ने कुरामा आशंका गरिन्छ । एमाले कार्यकर्ताले अधिकारीलाई मतदान गर्ने हो भने यसपालीको निर्वाचनमा अधिकारीको जित सुनुश्चित हुने पक्का छ ।

क्षेत्र नं १ ९क०मा रहेका एक नगरपालिका र २ गाउँपालिका मध्ये कुश्मा नगरपालिका र जलजला गाउँपालिकामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने मोदी गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको थियो । प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता रहेका छन् । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *