चिर्पट प्रहारबाट मृत्यु, अभियुक्त बिराले पक्राउ

तनहुँ, २०७४ कात्तिक ३० । आफ्नै छिमेकीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा व्यास नगरपालिकाको कुर्लुमडाँडा बस्ने ४१ बर्षीय विष्णु बिरालेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका बिराले सोही ठाउँ बस्ने ४० बर्षीय दिरु रोकालाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल दमौली लगिएकोमा उपचारको क्रममा रोकाको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *