Menu

बागलुङमा काँग्रेसको प्रचार अभियान : कतै टोल देखी नै विकास, कतै रिङरोड बनाउने प्रतिवद्धता !

बागलुङ २०७४ कात्तिक ३० । नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र न १ का उम्मेदवारहरुले बानपा ८ सिगानाको लामाचौर,काठेखोला गाउपालिकाको बिहु ५ र ६ वडामा बिभिन्न स्थानमा घरदैलो एवं कोण सभा सम्मन्न गरेको छ । प्रतिनिधि सभाका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काले पुर्वाधार निमार्ण,सडक, खानेपानी र आर्थिक समृद्धिको लागि आफनो भुमिका महत्वपुर्ण हुने बताउदै गाउ, समाज, जिल्ला अनि मात्र मुलुकले काचुली फेर्ने हुदा पहिला टोल देखि नै विकास गर्ने तयारीका साथ आफनो उम्मेदवारी भएको उल्लेख गरिन् ।

सोही अवसरमा प्रदेश सभा क्षेत्र न १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले काग्रेस भए सम्म कसैले पनि कुनै किसिमको समस्या झेल्नुनपर्ने भएकोले रुखमा ठुक्क भएर मतदान गर्न आग्रह गरे । उनले समग्र जिल्ला र क्षेत्रको विकासको लागि आफनो उम्मेदावरीका साथ मैदानमा उत्रिएको हुदा विजयी गराउन सबैले आआफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

घरदैलो एवं कोणसभामा नेपाली काग्रेसको तर्फबाट समानुपातिक उम्मेवार,मणिभद्र शर्मा, राप्रपाका समानुपातिक उम्मेदवारद्धय डिलविकास राजभण्डारी, कृष्णकुमारी गौचन, राप्रपाका केन्द्रिय सदस्य देविप्रसाद कडेल,नेपाली काँग्रेसका, पुर्व जिल्ला उपसभापति जगदिशचन्द्र उपाध्याय, जिल्ला सदस्यहरु बसन्तकुमार श्रेष्ठ,खिमानन्द पौडेल,पदम पुन ,महेन्द्र पुन, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, नेविसघंका जिल्ला अध्यक्ष खडक थापा,काठेखोला गाउपालिका काग्रेस सभापति ज्ञाननाथ कडेल,नेपाल शिक्षक सघंका पुर्व सचिव भवानीप्रसाद कडेल,काठेखोला गाउपालिका वडा न ५ का अध्यक्ष शिव कडेल,४ का अध्यक्ष केशव थापा लगायतले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको जितको लागि रुख चिन्हमा भोट हाल्न आग्रह गरेका थिए ।
काठेखोला गाउँपालिका ६ का पार्टी सभापति भवानीशंकर कँडेलको अध्यक्षता, हर्कमान विकको स्वागत र पुर्व सचिव राजु सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको नेपाली काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।

रिङ रोड निर्माण गर्ने पौडेलको प्रतिबद्धता

उता, नेपाली काँग्रेस क्षेत्र नं १(२)को चुनावी प्रचार प्रसार तथा घरदैलो अभियान जिल्लाको जैमिनी नगरपालिका—७ जैदी, बाँओमा सम्पन्न भएको छ । सो अवसरमा क्षेत्र नं १ (२) का प्रदेश सभा उम्मेद्वार प्रकाश शर्मा पौडेलले कालीगण्डकी करिडोर सँगै जैदीका विभिन्न सडकहरुलाई सदाबहार सञ्चालनमा ल्याउने गरी प्रत्येक वडाहरुमा रिङरोड बनाई नियमित सडक सुचारु गर्ने बताएका छन् ।

विगतमा आफुले यस क्षेत्रको पूर्वाधार र भौतिक विकासमा गरेको योगदान सम्झिएर यसपालिका चुनाव पनि फेरी आफुलाई रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरे । सो अवसरमा जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, नेपाली काँग्रेस जिल्ला सदस्य तथा प्रचारप्रसार संयोजक हरि आचार्य, नेपाली काग्रेस महासमिति सदस्य किरणराज पौडेल, नेपाली काग्रेस क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेविसंघका केन्द्रिय उपाध्यक्ष सागर परियार, नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य एवं नेविसंघका जिल्ला कोषाध्यक्ष केन्द्र रसाइली र वडा सदस्य कुमारी राना लगायतले नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरे । जैमिनी नगरपालिका—७ का सभापति बमबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाली काग्रेस वडासचिव कृष्णप्रसाद सुवेदीको स्वागत र नेपाली काग्रेस जिल्ला सदस्य सिताराम रसाइलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली काग्रेसले क्षेत्र नं १(२)मा चुनावी सभा तथा घरदैलो कार्यक्रम जिल्लाको जैमिनी नगरपालिका—६ अर्जेवामा सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै उमेदवार प्रकाश शर्मा पौडेलले अर्जेवालाई कालीगण्डकी करिडोर निर्माण सँगै पर्यटन, कृषिका माध्यमबाट रोजगार सिर्जना गर्न नेपाली काग्रेसले ठोस योजना बनाएर अगाडी बढ्ने बताएका छन । उनले जैमिनीका सवैजसो वडाहरुमा सडक पु¥याई रिङरोड विस्तार गर्ने र नमुना र समृद्ध नगर बनाउन प्रयत्न गर्नका लागि आफुले प्रयत्न गर्ने र त्यस्का लागि आफुलाई मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरे । सो अवसरमा जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, नेपाली काग्रेस जिल्ला सदस्य तथा प्रचारप्रसार संयोजक हरि आचार्य, किरणराज पौडेल, नेविसंघ केन्द्य्रिय सागर परियार, केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, फेन्सी व्यवसायी संघ बागलुङका अध्यक्ष भोजराज रेग्मी, धवलागिरी क्याम्सका स्ववियु उपसभापति बालकृष्ण शर्मा, नेपाली काग्रेस दक्षिण भारत सम्पर्क समिती जोतेन्द्रनाथ आचार्य, महिला संघ अर्जेवाकी दुर्गादेवी पौडेल लगायतले नेपाली काग्रेसका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरेका थिए । नेपाली काग्रेस अर्जेवाका सभापति बलबहादुर रानाको अध्यक्षता उपसभापति नरबहादुर कुवंरको स्वागत र वडा सदस्य भरतबहादुर थापा क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

काँग्रेसको चुनावी सभा सिसाखानीमा सम्पन्न

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा बागलुङ जिल्ला क्षेत्र नम्बर २ मा नेपालीँ काग्रेसले चुनावी अभियान तिब्र पारेको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ को चुनावी अभियान बुधबार बडिगाढ गाउपालिका वाड नम्बर ३ सिसाखानीमा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उमेदवार नरबहादुर पुन निरले आफु सिसाखानीको स्थानिय जस्तै भएको र बिगतमा शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको कारण सिसाखानीबाट आफुलाई मत आउनेमा विश्वस्त रहेको बताए । पाण्डवाखानी र सिसाखानी छिमेकी गाउँ भएका कारण नाता सम्बन्ध र भोलिका दिनमा गर्ने बिकासलाई आधार मानेर आफुलाई मतदान गर्न आग्रह गरे । उनले आफु यसअधि सांसद हुदाँ बढी समय संबिधान निर्माणलाई दिएको बताउँदै अबका दिनमा आफनो सम्पुर्ण समय बिकास निर्माणमा दिने बताए ।

त्यस्तै प्रदेश सभा उमेदवार मञ्जेश बम मल्लले सिसाखानी र गलकोट एउटै प्रदेशमा परेका कारण भोलिका दिनमा बिकास गर्न सजिलो भएको बताए । मल्लले आफनो टोल गाउँ र हरेक क्षेत्रको विकासको पूर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा हुने भएकोले मतदान गरी विजयी गराउन आग्रह गरे । कार्यक्रममा क्षेत्रीय सभापति दोण कुँबरले बिगतदेखि वर्तमानसम्म क्षेत्र नम्बर २ को विकासमा नेपाली काँग्रेसले अगुवाई गरेका कारण अबको निर्वाचनमा समेत नेपाली काँग्रेसलाई बिजयी गराई बिकासमा अगुवाई गर्ने बाटो खुलाउन आग्रह गरे । कार्यक्रममा क्षेत्र नम्बर २ प्रदेश १ का निर्वाचन परिचालन समितिका संयोजक फम बहादुर खत्री, स्थानिय धन बहादुर थापा, जिल्ला सदस्य रामबहादुर बिक लगायतले रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । चुनावी सभा यामेन्द्र घर्तिको अध्यक्षता र हेमु रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *