पृथ्वी माबि हरिचौरमा नेबिसंघ गठन

गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक ३० ।नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति बागलुङको ईकाइ गठन कार्यक्रम गलकोटमा तिब्र पारिएको छ । आगामि मंसिर १० गतेको प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनावलाई लक्षित गरि बागलुङ क्षेत्र नम्बर २ अन्तर्गतका २ नगरपालिका र ४ गाउपालिका भित्रका माद्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संद्यको ईकाइ समिती गठनको कार्यलाई तिब्र पारिएको नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका सदस्य दिपक मल्लले बताए ।

यसैबिच आज गलकोट नगरपालिका वाड नम्बर ५ को पृथ्वी माद्यामिक बिद्यालयमा बिशाल बिकको अध्यक्षतामा २१ सदस्यीय ईकाई समिती गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा सरिता परियार, सचिवमा संगिता खत्री, सहसचिवमा सोनिका पुन र कोषाध्यक्षमा प्रकाश बिक रहे छ ।

कार्यक्रम नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य समुन्द्र खत्री, नेपाल बिद्यार्थी संद्य गलकोट बहुमुखि क्यापसका सदस्य दिपक मल्ल, धुब्र सुवेदी लगायतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *