कालीगण्डकी करिडोर निर्माण गर्ने कार्यमा आफ्नो प्रमुख भूमिका – पौडेल

नारायण रिजाल, बागलुङ बलेवा २०७४ कात्तिक २९ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ को प्रदेश २ को चुनावी अभियान अन्र्तगत बुधबार जैदीको बाओमा सम्पन्न भएको छ । यतिबेला क्षेत्र नं. १ प्रदेश नम्बर २ का उम्मेदवार निवर्तमान सांसद प्रकाश शर्मा पौडेल जैदीका विभिन्न गाउँमा घरदैलो अभियानमा व्यस्त रहेका छन । घरदैलोमा पुगेर आफ्ना मतदाताहरु सँग भोट माग्दै उम्मेदवार पौडेलले दक्षिण बागलुङको विकासका निम्ती कालीगण्डकी करिडोरले एउटा ठुलो ढोका खुलाईदिएको भन्दै यस क्षेत्रमा रहेका हरेक विकासका पुर्वाधारको निम्ती सहयोग गर्न आफु सधै तयार रहेको बताए ।

पौडेलले भने, तपाईले अघिल्लो पटक जिताएर पठाउनु भयो, कति काम गर्न सके कति बाँकी छन ती सबै बाँकी काम पुरा गर्ने जिम्मेवारी पुन दिनुहोस, जिम्मेवारी दिनुभयो भने पक्कै गर्नेछु ,उनले थपे म यस क्षेत्रको विकास निम्तीे गुरु योजना बनाई सकेको छु । पौडेलले कालीगण्डकी करिडोर बागलुङ हुँदै ल्याउनेमा आफ्नो प्रमुख भुमिका रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्य, महासमिति सदस्य किरणराज पौडेल, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्मा, जैमिनी ७ का वडा सदस्य केन्द्र रसाईली, कुमारी राना, लगायतले स्थानीय स्तरको विकास निर्माणका निम्ती नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह गरे ।

कार्यक्रम जैमिनी नगरपालिका ७ जैदीका पार्टी सभापति बम बहादुर क्षेत्रीको अध्यक्षता, सचिव कृष्ण प्रसाद सुवेदीको स्वागत र काग्रेसका जिल्ला सदस्य सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *