Menu

पण्डवखानीमा पहिलो चोटी पुगेको बसलाई मन्त्रीलाई जस्तै स्वागत !

थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक २९ । पाण्डवखानी गाउँमा पहिलो पटक बस पुगेको छ । पाण्डवखानीको प्रवेशद्वार सिद्धथानदेखि सुनपानी हुँदै पाण्डवखानीको मुख्य वस्तीसम्म पुगेको वसलाई मन्त्री आउँदा जस्तै विभिन्न ठाउँमा उभिएका स्थानीयले स्वागत गरेका थिए ।

संघीय संरचना अनुसार पाण्डवखानी गल्कोट नगरपालिका वडा नं १० मा पर्दछ । यस अघि गल्कोटको मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकाम आउँदा वस देखेका स्थानीयले आफ्नै ठाउँमा बस पुगेको देखेपछि निकै खुसी भएका छन् । उनीहरुले बस र बसका चालक सहित बस चढेर गाउँ पुगेका अन्यलाई समेत फुल, माला र अविर लगाएर स्वागत गरेर खुसियाली मनाएको स्थानिय समाजसेवी छम बहादुर काउचाले जानकारी दिए ।

बागलुङ भगवती यातायातको ग १ ख ५६९९ नम्बरको बस पहिलो पटक पाण्डवखानी पुगेको हो । पाण्डवखानीदेखि गलकोट हुँदै बागलुङ बजारसम्म नियमित वस सेवा सुरुवात गर्ने तयारीका लागि परिक्षणको रुपमा गाडी पठाईएको बागलुङ भगवती यातायात प्रालिका महासचिव मनोज खड्काले जानकारी दिए । उनले आवश्यक परिक्षण पछि अब तत्काल नियमित बस सेवा सञ्चालन गरिने बताए ।

पहिलो पटक बस पुग्दा आफुहरुलाई निकै खुसी लागेको गलकोट नगरपालिका वडा नं १० का वडा अध्यक्ष तिलक घर्तीले बताए । घर्तीले सडकको यथाशिघ्र स्तरोन्नति गर्न नगरपालिकाको कार्यालय तथा अन्य निकायमा समेत पहल गर्ने योजना बताए। म
ल्म पाण्डवखानी सडक वि।सं २०७३ सालमा साविकको मल्म र पाण्डवखानी गाविसका स्थानियले चन्दा संकलन गरि सडक निर्माण गरेको मल्म पाण्डवखानी मोटरबाटो उपभोक्ता समितिका संस्थापक सचिव छुम बहादुर थापाले जानकारी दिए ।

नियमित र सहज रुपमा बस सेवा सञ्चालन गर्न घुम्तिहरु मिलाउने र आवश्यकता अनुसार सडकको स्तरोन्नति तत्कालै गर्ने उनको भनाई छ । ग्रामिण क्षेत्रका जनतालाई बस सेवा दिन आफुहरुले सम्बन्धित निकायमा पहल गर्ने समेत थापाले बताए। मध्यपहाडी लोकमार्गको गलकोट खण्ड अन्तरगत गलकोट नगरपालिका ७ आगाँखेत देखि सुरु हुने उक्त सडक पाण्डवखानी गैराभाटी सम्म २६ किलोमिटर रहेको छ । अहिले एकतर्फी सडक बडिगाड गाउपालिका ८ रणसिंहकिटेनी खोलाखर्क सम्म पुगेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *