Menu

महिला सहयोगि साकोस काठ्माडौद्धारा सिवाईसीको स्थलगत अवलोकन

सुमन जि.सी. बागलुङ, २०७४ कात्तिक २९ । महिला सहयोगी साकोस काठ्माण्डौको सञ्चालक तथा व्यवस्थापन टिमद्धारा वागलुङ बजार स्थित सिवाईसी नेपाल र सिवाईसी साकोसको बुधवार स्थलगत अवलोकन तथा संस्थाहरु विच एक आपासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सिवाईसी हाँसील गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया, संस्थाले सञ्चालन गरिरहेको नयाँ तथा नौला प्रयासहरुलाई आफ्नो संस्थामा लागु गर्ने र धौलागीरी क्षेत्रका प्रयटकीय क्षेत्रको अवलोकन गर्ने उद्देश्यले अध्ययन अवलोकन कार्यक्रमको आयोजना गरिएको महिला सहयोगि साकोस काठ्माण्डौका व्यवस्थापक कमल काफ्लेले बताए ।

कार्यक्रममा सिवाईसी ग्रुपले गरेका कार्यहरु र जिल्लाको समग्र सहकारी अभियानको बारेमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए भने सिवाईसी लघुवित्त कार्यक्रमको बारेमा सिवाईसी नेपालका प्रवन्धक संगिता शर्मा पौडेलले जानकारी दिएकी थिईन ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सिवाइसी साकोसका प्रवन्धक नवराज शर्माको स्वागत तथा प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *