पौंदेलीहरुको यस वर्षको न्वागी खाने साईत मंसिर १ गते !

कमल पौडेल, ग्वालिचौर २०७४ कात्तिक २९ । पौंदेलीहरुको पहिचानको रुपमा रहेको न्वागी मेला खार वजारमा सुरु भएको छ। बागलुङ र गुल्मी जिल्लाको सीमानमा रहेको ग्वालिचौरमा प्रत्यक वर्ष मंसिर महिनाको पहिलो हप्ता लाग्ने पौदीबासीहरुको न्वागी मेला यो वर्ष प्रत्यक वर्षको मंसीर महिनाको पहिलो साता सुरु गरिने न्वागी पर्व यस वर्ष प्रतिनिधी तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचन मंसीर १० गते तोकिएको हुनाले केहि दिन अगावै सुगरिएको हो । पाँच दिन सम्म चल्ने यो पर्व पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध पर्व मेलाको रुपमा परिचित न्वागी मेला धार्मिक साँस्कृतिक परम्परामात्र नभएर यसलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

न्वागी मेलाको उद्घाटन गर्दै बडीगाड गाउँपालिकाका प्रमुख मेयर सिंह पाईजाले न्वागी पौंदेलीहरुको मात्रै नभएर यस क्षेत्रकै पहिचान भएको वताए। उनले साँस्कृतिक पर्वहरुले सामाजिक एकताको लागी सहयोग पुर्याउने वताउँदै पाईजाले न्वागी मेलाको प्रवद्र्धनको लागी गाउँपालिकाले सहयोग गर्ने बताएका थिए । ४ दिन सम्म सन्चालनमा रहने मेलामा भलिवल प्रतियोगिता,साँस्कृतिक तथा कृषि मेला प्रर्दशनी, सोरठी भैलो प्रर्दशनी, रेर्कड डान्स लगायतका कार्यक्रमहरु मुख्य आर्कषणका रुपमा रहेका छन् ।

पौदीबासीहरुले घरमा नयाँ अन्न भित्र्याएको खुसीयाली स्वरुप न्वागीलाई स्थानीय पर्वका रुपमा दशै पर्व भन्दा पनि महत्वपूर्ण मानिन्छ । यस वर्षको न्वागी खाने शुभ साइत मंसिर १ गते निमालिएको छ ।

उद्घाटन कार्यक्रम मेला व्यवस्थापन समितिका अध्यक्ष कलाधर कलाधर घिमिरेको अध्यक्षता, जीवन कुँवरको स्वागत मन्तव्य तथा विष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *