खर्वाङलाई व्यापारीक केन्द्र बनाई स्मार्ट सिटी बनाउन पौडेल समक्ष ७ बुँदे ज्ञापन पत्र !

बिमल खड्का खर्वाङ २०७४ कात्तिक २७ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेले सुनिलले समग्र बागलुङको बिकासका लागी बिपक्षी दल सगँ पनि सहकार्य गरेर काम गर्ने बताएका छन ।

खर्वाङको दनियाँमा चुनावी भेटघाट कार्यक्रममा पौडले भने नेपालमा ६५ प्रतिशत बामपंथीको जनमत भएकाले राज्यको बिकास ,सरकारले बनाउने योजना , नेपालको राष्ट्रिय स्वाधीनता ,स्थानिय तहको बिकासका गरि नेपालमा पुजी लगानी गरि देशलाई अर्थतन्त्रमा रुपान्तरण बनाउदै देशलाई कायापलट गरि जनतालाई आत्मनिर्भर बनाउन बाम एकता भएको बताएका छन ।

खर्वाङलाई व्यापारीक केन्द्र बनाई यस ठाउँलाई स्मार्ट सिटी बनाउन पौडेल समक्ष ७ बुँदे ज्ञापन पत्र बुझाएका छन ।

कार्यक्रम बागलुङ जिल्ला समन्वय समितका उप प्रमुख बिष्णु भुषाल बडीगाड गाउँपालिका अध्यक्ष मेयरसिह पाईजा राजमोका युवा नेता भिमसेन वन नेकपा एमाले प्रदेश सदस्य प्रदिप खरेल लगाएले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

सोहि अबसरमा राम बहादुररानाको संयोजकत्वमा २१ सदस्यीय टोल निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

कार्यक्रममा ढालेन्द्र शेरचनको अध्यक्षतामा वडा सदस्य गोम बहादुर।रानाको स्वागत निर्वाचन परिचालन समितिका सदस्यीय आकाश शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *