जनमोर्चाको निष्कर्ष : अहिले सम्मको अभियान उपलब्धिमुलक !

विजय राना, बागलुङ २०७४ कात्तिक २६ । राष्ट्रिय जनमोर्चा जैमिनी नगर पालिकाले अहिले सम्मको सामुहिक चुनावी प्रचार कार्यक्रम अत्यन्त प्रभावकारी बनेको निष्कर्ष निकालेको छ ।

आज जैमिनी नगरपालिकाको वडा न. ४ सर्कुवामा बसेको जनमोर्चाको आन्तारिक समिक्षात्मक बैठकले बाम गठबन्धनले सञ्चालन गरेको चुनावी कार्यक्रम अत्यन्त प्रभावकारी बनेको निष्कर्ष निकालेको हो ।

बैठकले अभियानले बाम गठबन्धन भित्र रहेका केही तिक्तता र आशंकालाई मेटाउन समेत मद्दत पुगेको निष्कर्ष निकालेको छ । विपक्षीहरुहरुले बाम गठबन्धन भित्र खेल्ने प्रयत्न गरेको भन्दै गठबन्धन अब पिल्लरको रुपमा विकास भएकोले संकाउपसंका गर्ने ठाउँ नभएको बताएको छ ।

बैठकमा बागलुङ क्षेत्र न. १ (ख) प्रदेश सभाका उमेदवार कृष्ण थापाले बाम गठबन्धनको जितले नै मुलुकलाई अगाडी बढाउन मद्दत पुग्ने बताए ।
बाम गठबन्धनका एक जना उमेदवार हार्दा पनि नकरात्मक असर पर्ने भन्दै थापाले सोही अनुसार अगाडी बढ्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *