मेरो तम्सुक वनाएर राख्नुस, बोलेका कुरा पुरा गर्छु : अर्जुन जोशी (भिडियो सहित)

महेन्द्र केसी, पर्वत २०७४ कात्तिक २६ । आसन्न प्रतिनिधी सभा र प्रदेशसभा सदस्यको चुनावीप्रचार अभियानअन्तर्गत लोकतान्त्रिक गठवन्धनले हुवासमा आयोजना गरेको आम सभालाई सम्बोधनगर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताले चाहेको समृद्धि ल्याउन आफु चुनावी मैदानमा आएको बताएका छन् ।

उनले क्षेत्र नम्बर २ का जनताको समृद्धिको सपना पुरा गर्ने दायित्व आफ्नो काँधमा आएको वताउँदै जोशीले दोविल्लादेखि हुवाससम्मको वाटो पक्की वनाउने, हरेक स्थानीय तहमा एक सुविधा सम्पन्न सरकारी अस्पताल वनाउने, हरेक घरमा खानेपानीको धारा, हरेक घरमा रोजगारी, महिलाहरुलाई उद्यम, दलितहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम र सबै नागरिकहरुको पहुँचमा सहज स्वास्थ्य, शिक्षा, विद्युत, सिँचाई, उद्यम र रोजगारीको अवसर सिर्जना गर्ने जोशीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘ मैले चुनाव जितेर गएपछि दोविल्लादेखी हुवाससम्मको वाटो एक वर्षमै पक्की वनाउँछु, काठका पोल फेरेर फलामका पोल हाल्छु, ,‘तम्सुक लेखेर राख्नुस मैले पुरा गरिन भने अर्को वर्ष म भोट माग्नआउँदिन, उनले भने ।

अर्जुन जोशीले तीन पटक चुनाव जितेर के ग¥यो भनेर प्रश्नगर्ने तर्फ लक्षितगर्दै जोशीले भने ‘ २०५६ सालमा प्राय सबैका घरमा टुकी वल्थ्यो, अहिले सबैको घरमा विजुली बलेको छ, कुवाको पानी खानुपथ्र्यो अहिले खानेपानीको पहुँच ९१ प्रतिशतमा पुगेको छ , पैदल हिँडेर घर जानुपर्ने अवस्था थियो अहिले गाडीमा जान पाउनुहुन्छ त्यो कस्ले गर्दा भएको हो रु पर्वत जिल्लामा नवविकास सुचाकांकमा ११ औँ स्थानमा पुग्नु मैले काम नै नगरेर होला त रु उनको प्रश्नथियो । आफुँ नचाहिँदा गफ गरेर जनताको भोट माग्न नआएको वताउँदै जोशीले वोलेका कुरा पुरा गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *