गल्कोटका माध्यमिक विद्यालयहरुमा नेपाल बिद्यार्थी युनियनको इकाई समिति गठन

गुमानसिँह भण्डारी गल्कोट २०७४ कात्तिक २६ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितीको ईकाइ समिति गठनको कार्यले गलकोटमा तिब्रता पाएको छ । नेपाली काग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्याम्पसले गलकोट नगरपालिका र ताराखोला गाउपालिका भित्रका माद्यमिक बिद्यालयहरुमा ईकाइ समिति गठन तिब्र पारेको हो ।

आईतवार आज शिव माद्यमिक बिद्यालय काडेबासमा प्रकाश गौतमको अध्यक्षतामा ६७ सदस्यीय ईकाइ समिती गठन गरिएको छ । समितीको उपाध्यक्षमा सुवास खत्री, सचिवमा अजय गौतम, सहसचिवमा सरिता सुनार र कोषाध्यक्षमा अञ्जु सुनार रहेका छन् ।

यसैबिच जनजागृति माद्यमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ९ काडेबासमा प्रबिन सापकोटाको अध्यक्षतामा ३९ सदस्यीय ईकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा जिवन सापकोटा केसी, सचिवमा मनिसा खरेल, सहसचिवमा सुनिता सापकोटा र कोषाध्यक्षमा दुर्गा सापकोटा रहेका छन् । कार्यक्रममा गलकोट बहुमुखी क्यापसका स्वतन्त्र बिद्यार्थी युनियनका सदस्य कमल परियार, नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य समुन्द्र परियार, नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका अध्यक्ष अर्जुन खत्री, सदस्य दिपक मल्ल लगायतको सहभागीता रहेको थियो ।

नवगठित समितिले बिद्यालयको शैक्षिक सँगै सरसफाई, अतिरिक्त क्रियाकलाप लगायतका कार्यलाई निरन्तरता दिने र ईकाई समितीको पहलमा बिद्यालयलाई नमुना बनाउने बताएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *