रणसिँहकिटेनीका जनताले देवेन्द्र पौडेल समक्ष राखे १० बुँदे बिकासे योजना !

बिमल खड्का बागलुङ रणसिंहकिटेनी २०७४ बमपत्तक २६ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेल समक्ष रणसिहकिटेनीका जनताले १० बुँदे बिकास योजना प्रस्तुत गरेका छन । बडीगाड गाउपालिका वडा न ८ रणसिहकिटेनीमा चुनावी सभालाई सम्बोधन गर्ने पुगका साझा बाम उमेदवार पौडेललाई खानेपानी अभाव स्वास्थ्य शिक्षा संचार यातायात पर्यटन आकाशे पुलको निर्माण जडिबुटी संरक्षण बजारीकरण परम्परागत संस्कृति संरक्षण तथा तामाखानी फलाम खानी सिसाखानीको उत्खनन गर्नुपर्ने भन्दै जनताले बिकासे कार्ययोजना पौडेल सामु प्रस्तुत गरेका थिए ।

जितेपछि यस ठाउको बिकाश र समृद्धिका लागी जिम्मा लिनु पर्ने बताउदै स्थानीयवासीले यस अघि जितेर गएका नेता यस ठाउँको बिकासका लागि कहिल्यै नफर्केको जनताले गुनासो गरेका थिए।

कार्यक्रममा जनताको भनाइलाई जवाफ दिदै पौडेले भने बिकाशका पुर्वाघार शिक्षा स्वास्थ्य तथा रोजगार खेलकुद पर्यटन बिधुत सुशासन तथा पारदर्शीताका लागी आफु सधै जनता माझ रहि जनताकै चाहाना अनुरुप काम गरि जनताकै सेवामा तल्लिन हुने प्रतिबद्ता ब्यक्त गरेका थिए ।

उनले भने राष्ट्रिय गौरवका योजना मध्यपहाडी लोकमार्ग, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक र कालीगण्डकी करिडोर स्तरोन्नति गर्दै भित्री बस्ती पुग्ने शाखा सडक निर्माण र सुधारलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा प्रदेख क का साझा बाम उमेदवार चन्द्र बहादुर बुढा सागरले राष्ट्रिय स्तरमै बाम गठबन्धन हुदै पार्टी एकतामा जाने कुराले बिपक्षीयलाई निद्रा हराम भएको बताउदै अब बामपंथीको जितलाई कसैले छेक्न नसक्ने बताए । भुगोल तथा बिकाशको हिसाबले पछिडिएको रणसिहकिटेनीलाई हराभरा बनाई पर्यटकीय रमाउने स्थिति श्रृजना गर्ने बताए ।

साथै आजै जलजलाको झुले डाडामा पनि भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश ४ का सदस्य प्रेम खरेल बागलुङ जिल्ला समन्वय समितिका उप संयोजक बिष्णु भुषाल राजमोका युवा नेता भिमसेन वन माओवादि केन्द्र समानुपातिक सदस्य धन बहादुर बिक नेकपा एमाले जिल्ला सदस्य शान्ति अधिकारी बागलुङ काठमाडौ सम्पर्क मन्चका चेतनारायण पौडेल लागएतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा माओवादि केन्द्र वडा ८ रणसिहकिटेनीका अध्यक्ष भिमलाल काउँचाको अध्यक्षतामा एमालेका गाउ समितका अध्यक्ष भागिरथ काउँचाको स्वागत र राजमोका मेख बहादुर पाईजाले संचालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *