जनगणतान्त्रिक मोर्चाको म्याग्दी र बागलुङमा चुनावी प्रचार

विजय राना, बागलुङ २०७४ कात्तिक २६ । देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले म्याग्दी र बागलुङका विभिन्न ठाउँहरुमा चुनावी प्रचार कार्यक्रम सञ्चालन गरेको छ ।

आगामी मंसिर १० गते हुने निर्वाचनमा मोर्चाको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक उमेदवार बनेका डा.ओम गुरुङको नेतृत्वमा घरदैलो तथा भेटघाट सञ्चालन गरिएको हो ।

चुनावी कार्यक्रम अन्तरगत म्याग्दीका विभिन्न स्थानहरुमा कोणसभा, प्रशिक्षण, तथा घरदैलो कार्यक्रम गरिएको विक्रम थापाले जानकारी गराए ।

कार्यक्रममा उमेदवार डाक्टर ओम गुरुङले आफ्नो उम्मेदवारी उपेक्षित बर्ग क्षेत्र लिङ्ग जात जाती आदिवासी जनजातिको मुक्ती र हक अधिकार सुनिश्चितताका लागि भएको बताएका थिए ।

गुरुङले जनगणतान्त्रिक मोर्चा नेपालको चुनाव चिन्ह ‘मुठीमा’मतदान गरि आफ्ना उमेदवारलाई विजयी गराउन समेत आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *