देशलाई बर्बाद पार्ने तत्वको चुरीफुरीबाट कोहि तर्सिनु पर्ने अवस्था छैन : निरज पुन

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ कात्तिक २५ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को चुनावी सभा बडीगाड गाउँपालिका वडा नं ९ र १० मा सम्पन्न भएको छ । दुई स्थानमा भिन्दा भिन्दै सञ्चालित कार्यक्रममा बोल्दै प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उमेदवार नरबहादुर पुन (निरज)ले जनताका आवस्यकता र ईच्छा शान्ति, लोकतन्त्रको रक्षा र विकास निर्माण भएका कारण आफुले जनताका ईच्छा र आकाँक्षालाई समेट्न आफुले विषेश योजना बनाएको बताए ।

उनले निर्वाचन अभियानका क्रममा स्थानीयको समस्या र आवश्यकतालाई आफुले टिपोट गरेकाले निर्वाचित भएपछि त्यसलाई पूरा गर्ने प्रतिवद्धता जनाए । अधिकाँस ग्रामिण क्षेत्रमा स्वास्थ्य, शिक्षा , यातायात, खानेपानी जस्ता महत्वपूर्ण आवश्यकता र विकास निर्माणका योजनाबाट पछि परिरहेको बताउँदै उनले नयाँ ढंगबाट विकास गति अगाडि बढाउनका लागि आफुलाई मत दिन आग्रह गरे ।

सभालाई सम्वोधन गर्दै पुनले बाम गठबन्धनको नाममा देशलाई बर्बाद पार्ने तत्वको यतिबेला चुनाबका निम्ती चहलपहल र चुरीफुरी बढ्न थालेको भन्दै उनीहरुबाट कोहि तर्सिनुपर्ने अवस्था नभएको बताए ।

कार्यक्रमका प्रदेश सभा (१) उमेदवार मञ्जेशबम मल्लले बोल्दै आफु जनताको दुख सुख सँग सहयात्रा गर्नका निम्ती चुनाबमा होमिएको बताउँदै स्थानीय स्तरको बिकास निर्माण, संविधान कार्यान्वयन जस्ता मुख्य विषयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै मंसिर १० को निर्वाचनमा रुख चिन्हमा मतदान गरी काँग्रेसका उमेदवारहरलाई विजयी गराउन स्थानीय मतदातालाई आह्वान गरे ।

कार्यक्रममा क्षेत्रिय सभापती दोर्णकुमार कुँवरले नेपाली काँग्रेस जनताको सहयात्राको सारथी भएका कारण यस पटकको निर्वाचनमा काँग्रेस उमेदवारलाई विजयी गराउँदै स्थानीय तहको विकास देखि शान्ति र लोकतन्त्रलाई जोगाउन जुट्न सबैलाई आग्रह गरे । कार्यक्रममा महाधिबेशन प्रतिनीधि कृष्ण केसी, थमबहादुर खत्री, वडा नं ९ का अध्यक्ष भरतबहादुर केसी लगाययतले रुखमा भोट हाल्न आग्रह गरे । कार्यक्रम वडा नं १० मा पृथसिँह बुढा र वडा नं ९ मा मानबहादुर केसीको अध्यक्षता टेकुकुमार बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *