Menu

९९ वर्षिय बृद्धले गोकर्ण विष्टलाई दिए अग्रीम बधाई

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक २५ । जहाँ र जहिले पनि गुल्मी क्षेत्र नम्वर २ का उमेदवार तथा एमाले नेता गोकर्ण विष्टको चुनावी सभामा बढी मात्रामा महिला र बृद्ध बृद्धाहरुको सहभागिता हुने गरेको छ । स्पष्ट बक्ता , आकर्षक व्यक्तित्व र सरल स्वभावका उनि महिलाहरुका फ्यान हुन् ।

केहि दिन अघि अर्खलेको एक विद्यालय बाहिर सडकबाट हिड्दै गरेका उमेदवार विष्ट आए भन्ने थाह पाउन साथ कक्षा कोठाबाट सवै विद्यार्थी बाहिर निस्केर चर्को हुटिङ गर्दै तालि हानेर स्वागत गरेका थिए । कक्षा शिक्षकहरुले ढोकामा छेकेर पनि नियन्त्रण गर्न सकेका थिएनन् । आज पनि हाडहाडेमा त्यस्तै भयो । त्यहाँका युवाहरुले हुटिङ्ग गरेर उनको स्वागत गरे । चुनावी सभामा फुलमाला भिराई दिने महिलाहरुलाई लाईनबद्ध गराउन हम्मेहम्मे पयो । मालाले टाउँको नै छोपिने भए पछि सहयोगी मार्फत ग्रहण मात्रै गरे विष्टले । उता बृद्ध बृद्धाहरुको भीड पनि त्यति कै थियो ।

त्यो भीड मध्ये हाडहाडेका ९९ वर्षिय बृद्ध खिमबहादुर बिकले मान्दै मानेनन् । उनि गोकर्ण विष्टलाई नजिक आएर स्पर्श गर्न र आशिर्वाद दिन चाहेको सहयोगी मार्फत खवर पठाए । उनलाई बोलाईयो । बिकले नेता विष्टलाई गरिव दलित र बृद्धहरुका देउता हुनुहुन्छ तपाई भनेरर गालामा स्पर्श गरे ।

कानमा पुष्पागुच्छा पहिराउँदै जित तपाईको भई सक्यो मेरो आशिर्वाद छ यसरीनै हाम्रो मन जित्न सफल रहुनु होला भने । महिला र युवाहरु पछि गोकर्ण विष्ट बृद्ध बृद्धाहरुको विचमा पनि लोककप्रिय छन भन्ने कुरा स्पष्ट भएको पत्रकार शिवलाल सुवेदीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *