बाम गठबन्धन गल्कोटको बैठक हटियामा सम्पन्न

बीर चोखाल, गल्कोट २०७४ कात्तिक २५ । बाम गठबन्धन गलकोट नगरपालिका निर्वाचन परिचालन समितिको बैंठक आज हटियामा सम्पन्न भएको छ । बैठकले आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभामा वाम गठवन्धनका साझा उम्मेदवार हरुलाई विजयी वनाउन कार्तिक ३० गते हटिया बजारमा शीर्ष नेताहरू ने क पा एमालेका अध्यक्ष के पी शर्मा ओली, ने क पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सीबाट सम्बोधन हुने ऐतिहासिक जन सभालाई सफल बनाउन जिम्मेवारी विभाजन गरेको छ ।

बैठकले चन्द्र दत्त रेग्मी , डम्बरबहादुर श्रीस लालबहादुर राना सदस्य रहेको स्वयंसेवक परिचालन समिति , तिलक उप्रेती , बुल बहादुर के सी र टंक बहादुर केसी सदस्य रहेको यातायात व्यवस्थापन समिति , चुडामणि शर्मा , पदम श्रेष्ठ , राम बहादुर खत्री , राजेन्द्र श्रेष्ठ , मन बहादुर कार्की , भरत केसी र विष्णु राना सदस्य रहेको मन्च व्यवस्थापन समिति , सरस्वती कार्की ,सुस्मा श्रेष्ठ ,नितु श्रेष्ठ , कोपिला साहनि , विमला के सी , रमा गौतम, टोपकलि खत्री सदस्य रहेको माला व्यवस्थापन समिति , पदम श्रेष्ठ , चुडामणि शर्मा , श्यामसुन्दर श्रेष्ठ ,सचिन निउरे, ,राजेन्द्र श्रेष्ठ र छुम बहादुर थापा सदस्य रहेको झाकी व्यवस्थापन समिति , रुद्र बहादुर के सी को संयोजकत्वमा युवा परिचालन समिति गठन गरेको छ ।
बैठकले जन सभा सफल पार्न कार्तिक २९ गते गलकोट व्यापि मोटरसाइकल र्यालि गर्ने निर्णय गरेको छ ।
क्भलत ाचयm ःभककभलनभच

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *