माईत आएकी छोरी र दुई नातिनीहरुलाई बन्चरोले हानी हत्या गर्ने बाबु पक्राउ

रोल्पा २०७४ कात्तिक २५ । आफ्नै छोरी रुन्टिगढी गाँउपालिका–८ जिउरीवाङ बस्ने २३ वर्षीया पवावती केसी, नातिनीहरु २ वर्षीया दिपा केसी र ६ महिनाकी निया केसीसमेत ३ जनालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा रोल्पा नगरपालिका–७ घापा बस्ने ४३ वर्षीय लिलबहादुर पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन ठिक नभएका निज पुनले माइतीघरमा आएकी छोरीसमेतको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले पुनलाई बन्चरो सहित पक्राउ गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *