Menu

बागलुङ सदरमुकाममा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम आज सम्पन्न हुँदै

बागलुङ २०७४ कात्तिक २५ । आगामी मंसिर १० गतेमा हुने पहिलो चरणको प्रतिनिधी सभा एवं प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर बागलुङमा मतदाता शिक्षा कार्यक्रमका लागि तालिम सञ्चालन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बागलुङले सदरमुकाममा शुक्रवारदेखी दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

जिल्लाभरका १ सय ९९ मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई दुई दिने मतदाता शिक्षा तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार शुक्रवार क्षेत्र नं १ का १ सय १ मतदाता शिक्षा स्वयंसेवकहरुलाई शुक्रवार दिइएको थियो भने क्षेत्र नम्बर २ का ९९ जनालाई आज तालिम दिइने भएको छ । प्रशिक्षित मतदाता शिक्षा स्वयंसेवकलाई निर्वाचन हुने मतदान केन्द्रमा खटाइने कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *