Menu

बागलुङ बजारमा ७० लिटर घरेलु मदिरा नष्ट !

बागलुङ २०७४ कात्तिक २५ । जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रवार ७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बदामद गरिएको घरेलु मदिरा शुक्रवार नै प्रहरी र पत्रकारहरुको टिमले नष्ट गरेको बताईएको छ । सदरमुकाम बागलुङ बजारमा धेरै समयको अन्तरालपछी पहिलो चोटी शुक्रवार प्रहरीले घरेलु मदिरा बरामद गरेको हो ।

बागलुङ नगरपालिका ९ तित्याङदेखि बागलुङ बजार तर्फ बिक्रीका लागि ल्याउँदै गरेको घरेलु मदिरा नगर प्रहरी कार्यालय बागलुङको गस्तीमा खटिएको टोलीले बरामद गरेको नगर प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *