लोकतन्त्रको रक्षा र विकासका लागि नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह

बागलुङ २०७४ कात्तिक २५ । नेपाली काँग्रेस क्षेत्र नं १ को चुनावी प्रचार तथा घरदैलो अभियान जिल्लाको सिगाना र रेशमा सम्पन्न गरिएको छ ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं १ (१) का प्रदेश सभा उम्मेद्वार दीपेन्द्रबहादुर थापाले लोकतन्त्रको रक्षा र विकासका लागि नेपाली काँग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरे ।

त्यस्तै उनले जनताको हरेक सुख दुखमा साथ दिने एकमात्र पार्टी नेपाली काँग्रेस भएकाले जनताको विकास र समृद्धि सदैव लागि पर्ने बताए ।

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सदस्यहरु खिमानन्द पौडेल, पदम पुन,प्रजातन्त्र सेनानी संघका सभापति ताराप्रसाद गौतम,काठेखोला गाउँपालिका—१ का अध्यक्ष खडक थापा, नेपाली काग्रेस क्षेत्रीय सदस्य तेजबहादुर कुँवर सन्तोष, तरुण दलका मिलन कुँवर,नेपाली काँग्रेस रेशका पूर्व पार्टी सभापति रनबहादुर कार्की,नेपाली काग्रेस सिँगानाका पार्टी सभापति छमबहादुर कार्की लगायतले जनताका घरदैलोमा पुगी विकास निर्माणका लागि पहल गर्ने नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *