Menu

काठेखोलामा बाम गठबन्धनको दोस्रो चरणको प्रचार अभियान सकियो

रामबहादुर जीसी, बागलुङ, २०७४ कात्तिक २५ । समृद्धिका लागि स्थिर सरकार बनाउने भन्दै चुनावी गठबन्धन गरेका बागलुङका तीन बामपन्थी दलहरुले निर्वाचन प्रचार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएका छन् । तीन चरणमा प्रचार अभियान थालेका बामपन्थी दलहरुले शुक्रवार दोस्रो चरणको अभियान सम्पन्न गरेका छन् ।

पहिलो चरणमा काठेखोला गाउँपालिका अन्तरगतका ८ वटै वडामा निर्वाचन परिचालन कमिटि गठन, सम्पर्क कार्यालय सञ्चालन गरेका दलहरुले दोस्रो चरणमा टोलसभा गरेका छन् । दोस्रो चरणमा बाम गठबन्धनका तर्फबाट काठेखोला गाउँपालिकाका ८ वटा वडामा ३६ वटा टोल सभा सम्पन्न भएका छन् ।
कात्तिक १८ गते काठेखोला गाउँपालिका वडा नंं २ भीमापोखराबाट शुरु भएको अभियान अन्तरगत कात्तिक २४ गते वडा नं. १ को चनौटेमा टोलसभा सम्पन्न गरेको संयुक्त निर्वाचन परिचालन कमिटि काठेखोलाका संयोजक डिल्लीराज गौतमले जानकारी दिए ।

गाउँ घरमा धान कोदो भित्र्याउने चटारो भएकाले किसानहरु दिनभर कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था रहेकाले टोल टोल र काम गर्ने खेतबारीमै पुगेर टोलसभा, घरदैलो, भेटघाट कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसीले जानकारी दिईन् ।
नेपाली कांग्रेसलाई पटक पटक बहुमत दिदा पनि स्थिर सरकार र विकास निर्माणमा ध्यान दिन सकेन, यस पटक सबै बामपन्थीहरु एकतावद्ध भएकाले बहुमत प्राप्त गर्न सजिलो रहेको भन्दै जनताले बामपन्थी उमेदवार र नेता कार्यकर्तालाई जित सुनिश्चित रहेको बताउने गरेको सहसंयोजक जिसीले बताईन ।
प्रदेश सभाका उमेदवार इन्द्रलाल सापकोटा सहित बामपन्थी दलका नेताहरुको सहभागितामा दोस्रो चरणको अभियान सञ्चालन भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *