Menu

काँग्रेसको चुनावी अभियान भिङगिठेमा : नेपालको समृद्धीको लागि नेपाली काँग्रेस आवश्यक- पुन

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ कात्तिक २४ । नेपाली काँग्रेसको चुनावी कार्यक्रम शुक्रबार क्षेत्र नँ २ प्रदेश सभा (क) अन्र्तगत भिङगिठेमा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा नम्बर ७ का संयोजक कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एवं प्रतिनीधि सभा सदस्य उमेदवार नरबहादुर पुन निरजले बोल्दै नेपाली काँग्रेसको नेतृत्वमा सँबिधान कार्यान्वयन र लोकतन्त्रको रक्षा तथा स्थानीय स्तरमा हुने बिकास निर्माणको जिम्मा काँधमा आईसकेको बताउँदै सम्मुन्नत समाज निर्माण, गाँउगाउको बिकास निर्माण र जनताका आबश्यकता पुरा गर्नका निम्ती आफुहरुलाई बिजयी गराउन आग्रह गरे ।

त्यस्तै प्रदेश सभा (क) उमेदवार मञ्जेशबम मल्लले बोल्दै आफु जनताको बिचमा बिकास निर्माण र लोकतन्त्रको रक्षाका निम्ती उभिएको बताउँदै रुख चिन्हमा मतदान गरी नेपाली काँग्रेसका उमेदवारहरुलाई बिजयी गराउन आग्रह गरे ।

त्यस्तै समानुपातिक उमेदवार ज्ञानकुमारी छन्त्याल, क्षेत्रिय सभापती तथा निर्वाचन परिचालन समितीका संयोजक दोर्णकुमार कुवँर, तिलबहादुर अधिकारी, महाधिबेशन प्रतिनीधि कृष्ण केसी, प्रदेश (क) निर्वाचन परिचालन समितीका संयोजक फमबहादुर खत्री, लगाएतले मन्तव्य व्यक्त गर्दै नेपाली काँग्रेसलाई विजयी गराउन अपील गरेका थिए ।

कार्यक्रममा महाधिवेशन प्रतिनीधि टेकराज पौडेल, सागर छन्त्याल, यामु पौवी,लगाएत जिल्ला समिती सदस्य, क्षेत्रिय समिती सदस्य लगाएतको आतिथ्यता रहेको थियो ।

पदम थापाको स्वागत रहेको कार्यक्रम नेपाली काँग्रेस बडीगाड गाँउपालीका सचिब दिपक कुवँरले सञ्चालन गरेका थिए ।
त्यस्तै शुक्रबार बिहान नेपाली काँग्रेका उमेदवार सहित नेता कार्यक्रताको टोली बुर्तिबाङ बजारमा घरदैलो अभियान गर्दे मतदाता भेटघाट गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *